Tuesday, January 14, 2025

ट्रेन्डिङ :

प्रदेश ५ को राजधानी र नामबारे आजदेखि छलफल हुने

spot_img
spot_img
spot_img

बुटवल | प्रदेश सरकारले प्रदेश सभामा पेश गरेको प्रदेश ५ को राजधानी सार्ने र नामाकरणसम्बन्धी प्रस्तावमा साेमबारदेखि छलफल सुरु हुँदैछ। प्रदेशसभामा सभामुखले प्रस्तावमाथि धारणा राख्न सांसदहरुलाई समय दिनेछन्। सांसदहरुले धारणा राखिसकेपछि सरकारले पेश गरेको प्रस्ताव निर्णयार्थ पेश हुनेछ। यसरी छलफल र प्रस्ताव पेश गर्नका लागि प्रदेशसभाले ३ दिनको समय राख्ने गरी तयारी गरेको छ। बढीमा सोमबार र मंगलबार छलफल चलाएर बुधबार निर्णयार्थ पेश गर्ने तयारी सदनको छ। प्रदेशसभाले राजधानी सम्बन्धी निर्णयलाई अबको तीन दिनभित्र सक्ने गरि आन्तरिक तयारीमा जुटेको छ।

प्रदेशभसाको सोमबार बस्ने प्रदेशसभा बैठकमा प्रस्तावमाथि छलफल सुरु हुनेछ। कार्यविधि अनुसार संसोधन प्रस्ताव र सांसदहरुले धारणा राख्न माग गर्ने समयअनुसार छलफल कति लामो हुने त्यसआधारमा प्रस्ताव निर्णायार्थ सभामा पेश हुने छ।

छलफलका लागि सामान्य तय दुई दिनको समय तय गरिने जनाइएको छ। राजधानीको प्रस्तावमाथि छलफल सकिएको भोलिपल्ट नै प्रदेशसभाले राजधानी र नामाकरण टुग्याउने छ।

सभामुखले सभामा छलफलपछि पेश भएका संशोधन प्रस्तावकलाई बैठकमा पेश गर्न दिने छन्। त्यसपछि सभामुखले संशोधन प्रस्ताव फिर्ताका लागि समेत समय दिने छन्।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?