१३ मंसिर २०८०, बुधबार
 |   Wed Nov 29 2023
Logo

पत्रकार खसोग्जीको हत्या गर्न साउदीका युवराज सलमानले स्वीकृति दिएको खुलासा



एजेन्सी : अमेरिकी गुप्तचर निकायको रिपोर्टले साउदी युवराज मोहम्मद बिन सलमानले निर्वासनमा रहेका पत्रकार जमाल खसोग्जीको सन् २०१८ मा भएको हत्याको स्वीकृति दिएको पाएको छ। बाइडन प्रशासनले सार्वजनिक गरेको रिपोर्टमा युवराजले खसोग्जीलाई पक्राउ गर्न अथवा हत्या गर्ने योजनालाई स्वीकृति दिएका थिए।

अमेरिकाले दर्जनौँ साउदीहरूमाथि प्रतिबन्ध लगाएको छ तर युवराजलाई भने लगाएको छैन। साउदी अरेबियाले उक्त रिपोर्टलाई अस्वीकार गर्दै त्यसलाई ूनकारात्मक, झुटो र अस्वीकार्यू बताएको छ । साउदीमा प्रमुख नेतृत्वदायी भूमिकामा रहेका युवराज मोहम्मदले खसोग्जी हत्यामा उनको कुनै पनि भूमिका रहेको भन्ने अस्वीकार गरेका छन्। खसोग्जी इस्तानबुलमा रहेको कन्सुलेट भ्रमण गर्दा टर्कीमा मारिएका थिए र उनको शरीर टुक्रा टुक्रा पारिएको थियो।

५९ वर्षीय पत्रकार खसोग्जी कुनैबेला साउदी सरकारका सल्लाहकार थिए र राज परिवारसँग निकट थिए। तर पछि उनी टाढिए र स्व निर्वासनमा सन् २०१७ मा अमेरिका पुगेका थिए। त्यहीँ उनले वाशिङ्टन पोष्टका लागि मासिक स्तम्भ लेख्थे जसमा उनले युवराज मोहम्मदको नीतिहरूको आलोचना गर्ने गर्थे।


प्रतिक्रिया दिनुहोस !