Sunday, April 27, 2025

ट्रेन्डिङ :

मध्यरातमा रअ करायो, लिम्पियाधुरा कता हरायो ? भन्दै माइतीघरमा प्रदर्शन

spot_img
spot_img

काठमाडौं : राष्ट्रका विभिन्न क्षेत्रमा योगदान पुर्‍याएकाहरुलाई सरकारले वितरण गरेको पदकमा नेपालको नयाँ नक्सा प्रयोग नगरिएको भन्दै युवा संघ नेपालले विरोध प्रदर्शन गरेको छ। आइतबार काठमाडौंको माइतीघर मण्डलामा नेकपा एमाले माधवकुमार नेपाल समूहनिकट युवा संघ नेपालका नेताहरुले विरोध प्रदर्शन गरेका हुन्। प्रदर्शनकारीहरूले मध्यरातमा रअ करायो लिम्पियाधुरा कता हरायोरु, ‘लिपुलेक र कालापानीसहितको चुच्चे नक्सा खोईरु’, ‘नेपालको पूर्ण नक्सा (चुच्चे) को प्रयोग सुनिश्चित गर’ लगायत लेखिएका ब्यानर तथा प्लाकार्ड लिएर सडकमा सरकारविरुद्ध नाराबाजी गरेका थिए।

त्यस्तै, उनीहरूले उनीहरुले ‘संविधान मिच्न पाइँदैन’, ‘चुच्चे नक्सा प्रयोगमा ल्याउ’, ‘राष्ट्रघाती सरकार मुर्दावाद’, ‘चुच्चे नक्सा प्रयोग नभएका पदक खारेज गर’ लगायतका नारा लगाएका थिए। राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार शीतलनिवासमा राष्ट्रका विभिन्न क्षेत्रमा योगदान पुर्‍याएकाहरुलाई विभिन्न मानपदवी, अलङ्कार र पदक वितरण गरेका थिइन्। तर ती पदकहरुमा नेपालले गत वर्ष अनुमोदन गरेको नयाँ नक्सा प्रयोग नभई पुरानै नक्सा प्रयोग भएको छ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?