Friday, May 23, 2025

ट्रेन्डिङ :

सिईडिबि हाइड्रोपावरको आईपीओमा पहिलो दिनमै करीव तीन गुणा आवेदन

spot_img
spot_img

सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले निष्काशन गरेको प्राथमिक शेयर आईपीओमा पहिलो दिनमै करिब ३ गुणा आवेदन परेको छ । कम्पनीको शेयर निष्काशन तथा विक्री प्रबन्धक सनराइज क्यापिटलमा अनुसार शुक्रबार सम्ममा ३ लाख ९० हजार आवेदनबाट ६५ लाख १३ हजार ९२१ कित्ता शेयर माग भएको हो ।

यो सर्वसाधारणलाई निष्काशन गरेको २३ लाख ४१ हजार ९५४ कित्ताको २.७८ गुणा बढी हो ।

कम्पनीले आज शुक्रबार देखि सर्वसाधारणका लागी जारी पूँजी ८३ करोड ९४ लाख १० हजार रुपैयाँको ३० प्रतिशतले हुने २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको २५ लाख १८ हजार २३० कित्ता साधारण शेयर निष्काशन गरेको हो।

त्यस मध्ये २ प्रतिशत अर्थात ५० हजार ३६५ कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १ लाख २५ हजार ९११ कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएको छ । सर्वसाधारणले भने बाँकी २३ लाख ४१ हजार ९५४ कित्ताका लागि मात्रै आवेदन दिन सक्नेछन् ।

सो शेयरमा सर्वसाधारणले बैशाख २१ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनी आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा सबै कित्ताको लागि आवेदन दिन सकिनेछ ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बि आइएस रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउदँछ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ। सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूणर् सि-आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?