सरकारले आगामी बिहिबारबाट सबै अन्तराष्ट्रिय उडानपनि बन्द गर्ने निर्णय गरेको छ ।
अाइतवार बसेको मन्त्रीपरिषद्को बैठकले कोरोना संक्रमणको दोस्रो लहरलाई नियन्त्रण गर्न सबै अन्तराष्ट्रिय उडान बन्द गर्ने भएको हो ।
सरकारका प्रवक्ता एवम सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङ्ले आगामी २३ गतेदेखि नै अन्तराष्ट्रिय उडान बन्द गर्ने निर्णय भएको जानकारी दिए ।
कोरोना भाइरस संक्रमणदरले दिनानुदिन नयाँ रेकर्ड कायम गरेको अवस्थामा त्यसलाई रोक्न सरकारले यस्तो कदम चाल्नुपरेको उनको भनाई ।
त्यस्तै २० गते अर्थात आज राति १२ बजेबाटै लागुहुने गरी अन्तरिक उठानमा समेत रोक लगाइसकेको छ