१६ बैशाख २०८१, आईतवार
 |   Sun Apr 28 2024
Logo

सभापतिमा उम्मेदवारी दिने विषयमा छलफल गर्न पौडेलले बोलाए केन्द्रीय समिति बैठक



काठमाडौं । नेपाली कांग्रेसमा महाधिवेशन नजिकिएसँगै नेतृत्वका लागि दौडधुप सुरु भएको छ । संस्थापन इतर समूहमा नेतृत्वका लागि आकांक्षीको संख्या धेरै छ । महाधिवेशनमा फेरि सभापतिमा उम्मेदवारी दिने वरिष्ठ नेता रामचन्द्र पौडेलको तयारी छ । नेता पौडेलले सामूहिक छलफल गरेर अगाडि बढ्ने बताए । यसैबीच, वरिष्ठ नेता पौडेलले आज आफू निकट केन्द्रीय सदस्यहरुको भेला बोलाएका छन् । बसुन्धारास्थित एक पार्टी प्यालेसमा भेला आयोजना गरिएको छ । महाधिवेशन नजिकिँदै जाँदा सभापति देउवाले अर्को कार्यकालका लागि दाबेदारी प्रस्तुत गरेपछि पौडेलले पनि आफू निकट केन्द्रीय सदस्यहरुको बैठक बोलाएका हुन् । यसअघि सभापति शेरबहादुर देउवाले आफूनिकट सातै प्रदेशका केन्द्रीय सदस्यहरूसँग छलफल गरेका थिए । सभापतिमा एक कार्यकाल फेरि दोहोरिने पक्षमा देउवा रहेका छन् ।


प्रतिक्रिया दिनुहोस !