१५ बैशाख २०८१, शनिबार
 |   Sat Apr 27 2024
Logo

माओवादीबाट जितेका गाउँपालिका अध्यक्ष मनोज गुप्ता एमाले पर्साको सचिव



पर्सा । माओवादी केन्द्र त्यागेर नेकपा एमाले प्रवेश गरेका पर्साको छिपहरामाई गाउँपालिकाका अध्यक्ष मनोज गुप्ता पार्टीको जिल्ला सचिव भएका छन् ।

गुप्ता स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रबाट निर्वाचित भएका थिए ।

एमाले प्रवेशसँगै उनले जिल्ला सचिवको जिम्मेवारी पाएका हुन् । नेकपा एमाले प्रदेश २ कमिटी अध्यक्ष ज्वाला कुमारी साहले असार १० गते प्रदेश नम्बर २ का ५ जिल्लाको अध्यक्ष तथा सचिव मनोनीत गरेकी थिइन् ।

एमाले पर्साको अध्यक्षमा प्रभु हजरा र सचिवमा मनोज गुप्ताको नाम छ । हजरा पहिला पनि अध्यक्ष नै थिए । माओवादी पार्टी परित्याग गरेको बताउँदै गुप्ताले आफू जनताको मन जित्न अहोरात्र खटिने बताए ।

स्थानीय तह निर्वाचन २०७४ मा गुप्ता २ हजार ८ सय ५१ मत प्राप्त गर्दै विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी तत्कालीन संघीय समाजवादी फोरमका उम्मेदवार इन्द्रासन साहले २ हजार ६ सय ९४ मत पाएका थिए ।


प्रतिक्रिया दिनुहोस !