१५ बैशाख २०८१, शनिबार
 |   Sat Apr 27 2024
Logo

१० सहसचिवहरुको वरिष्ठताको आधारमा सचिवमा बढुवा गर्ने लोक सेवाको अन्तिम तयारी



काठमाडौं : लोकसेवा आयोगले पूर्णता पाएसँगै सहसचिवहरुको बढुवाको तयारी थालिएको छ । चैत्र दोश्रो सातादेखि यता असार संक्रान्सिम्ममा १० सचिव पद रिक्त रहेका छन् । अहिले राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, खानेपानी मन्त्रालय, मानव अधिकार आयोग, कृषि तथा पशुपक्षी विकास मन्त्रालय, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा पनि सचिव पद रिक्त रहेको छ । राष्ट्रपति कार्यालयका सचिव सचिव हरि पौडेल अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्तमा नियुक्त भएका छन् ।

त्यस्तै रक्षा मन्त्रालय पनि छिटै सचिवविहीन हुँदै छ । मन्त्रालयका अहिलेका सचिव रेश्मीराज पाण्डेले १७ असारमा अवकाश पाउँदै छन् । लोक सेवा आयोगका अध्यक्ष नेतृत्वको सिफारिस समितिले रिक्त पदको तीन गुणा बढी सहसचिवको नाम सिफारिस गर्नेछ । त्यसमध्ये एक जनालाई सरकारले बढुवा गर्नेछ । अब सचिव हुने वरिष्ठताका सहसचिवहरुमा दामोदर रेग्मी, मधुसुदन बुर्लाकोटी, गणेशप्रसाद पाण्डे, किरणराज शर्माहरु लाइनमा रहेका छन् ।


प्रतिक्रिया दिनुहोस !