२५ बैशाख २०८१, मंगलवार
 |   Tue May 7 2024
Logo

६ जिल्ला सिडिओको सरुवा : हेर्नुस्, नामावली



काठमाडौं : गृह मन्त्रालयले मंगलबार ६ जिल्लाका सिडिओको सरुवा गरेको छ । सर्लाही, धनकुटा, कञ्चनपुर जुम्ला, मुस्ताङ, रुकुम पूर्वलगायत ६ जिल्लाका सिडिओ रहेका छन् । मन्त्रालयले सर्लाहीका प्रमुख जिल्ला अधिकारी हेमराज तामाङ र धनकुटाका वासुदेव दाहालको गृह मन्त्रालयमा तानेको छ । सो ठाउँमा क्रमश धनकुटामा उपसचिव कृष्ण पन्तलाई कामु दिइएको छ भने राम पाण्डेलाई कञ्चनपुरमा खटाइएको छ । यस्तै कञ्चनपुरका प्रजिअ रामकुमार महतोलाई सर्लाहीमा पठाइएको छ ।

जुम्लामा उपसचिव विजया प्रसाई तथा पश्चिम रुकुममा केन्द्रीय कारागारका जेलर लक्ष्मी प्रसाद बाँस्कोटाको सरुवा भएको छ । त्यस्तै मुस्ताङमा श्रीनाथ पौडेलको सरुवा भएको छ । यस अघि अघिल्लो सातामात्र गृहले २ प्रमुख जिल्ला अधिकारीहरुको जिम्मेवारी हेरफेर गरेको थियो । जसमध्ये रामबहादुर कुरुम्बाङ र अर्को थिए जयनारायण आचार्य । गृहले कुरुम्बाङलाई दाङको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएर खटाएको छ । यस्तै सप्तरीमा मन्त्रालयकै सहसचिव जयनारायण आचार्यलाई पठाइएको थियो ।


प्रतिक्रिया दिनुहोस !