१५ बैशाख २०८१, शनिबार
 |   Sat Apr 27 2024
Logo

जापानले नेपाल सहितका मुलुकलाई अष्ट्राजेनेका खोप दिने



काठमाडौं । जापान सरकारले नेपालसहितका एसियाली मुलुकहरूलाई कोरोनाभाइरसविरूद्ध अक्सफोर्ड–अष्ट्राजेनेका खोप दिने भएको छ ।

समाचार संस्था रोयटर्सका अनुसार नेपालसहित, बंगलादेश, कम्बोडिया, इरान, लाओस, श्रीलंका र प्रशान्त क्षेत्रीय मुलुकले एक करोड १० लाख परिमाणबाट खोप प्राप्त गर्ने जापानी विदेशमन्त्री तोसिमित्सु मोतेगीले जनाएका छन् ।

मंगलबार जापानका विदेश मन्त्री मोतेगीले कोभ्याक्समार्फत् यी मुलुकलाई १ करोड १० लाख डोज भ्याक्सिन दिने बताएका हुन् ।

जापानले दिएको खोपबाट नेपालले कति डोज पाउँछ भन्ने टुंगो छैन। समाचार संस्था रोयटर्सका अनुसार विदेश मन्त्री मोतेगी यही साता खोप पठाउने बताएका छन्।

उनले इन्डोनेसिया, ताइवान र भियतनामलाई १०१० लाख डोज खोप दिइने जानकारी दिएका छन्।


प्रतिक्रिया दिनुहोस !