१६ बैशाख २०८१, आईतवार
 |   Sun Apr 28 2024
Logo

होटलमा गएर महिलाको भिडियो खिच्ने ४ युट्युबर पक्राउ, केहीको खोजी कार्य जारी



झापा : विर्तामोडको एक होटलमा महिलाहरूले खाजा खाइरहेका बेला भिडियो खिच्ने २ युट्युबर र २ टिकटकर पक्राउ परेका छन् । एक पुरुष र २ महिलाले खाजा खाइरहेका बेला भिडियो खिची युट्युब र टिकटकमा अपलोड गरेर चरित्र हत्या गरेको अभियोगमा पक्राउ गरिएको हो । पक्राउ पर्नेमा राष्ट्रिय अनलाइन टिभी पत्रकार संघको झापा जिल्ला अध्यक्षसमेत रहेका युट्युबर खगेन्द्र घिमिरे, हेमराज भट्टराई, सुवास कार्की र अर्का एकजना रहेका छन् ।

केही युट्युबर भने फरार रहेकोले खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । उनीहरूले होटलमा प्रवेश गरी खाजा खाइरहेका बेला अनधिकृत रूपमा भिडियो खिचेर युट्युबबाट चरित्र हत्या गरेको उजुरीपछि पक्राउ गरी थुनामा राखिएको इलाका प्रहरी कार्यालय अनारमनि झापाका प्रमुख डिएसपी सन्तोष आर्चायले बताए ।

भदौ १ गते महिला र एक पुरुष होटलमा बसेर खाजा खाइरहेका थिए । उनीहरूले अनैतिक कार्य नगरेको र होटलमा संगै बसेर खाजा खाइरहेको अवस्थामा युट्युबरहरुले विभिन्न प्रश्न गर्दैै भिडियो खिचेर युट्युब र टिकटकमा राखेका थिए । सो भिडियोले आफ्नो चरित्र हत्या भएको, गोपनीयताको हनन भएको र समाजमा बेइज्जती गर्ने काम गरेको भन्दै उनीहरूले प्रहरी कार्यालयमा उजुरी दिएका थिए । हुँदै नभएको घटनालाई अतिरञ्जित गरेर हाम्रो जीवन वर्वाद गरिदियो भन्दै उजुरी दिन आएको डिएसपी आर्चायले बताए ।


प्रतिक्रिया दिनुहोस !