१६ बैशाख २०८१, आईतवार
 |   Sun Apr 28 2024
Logo

स्वास्थ्यमा बेथिति: कार्यक्रम नै नगरी ६६ लाखको रिएजेन्ट र मेसिन खरिद गरेर राखियो



काठमाडौं- स्वास्थ्य सेवा विभागले आवश्यकताको पहिचान नै नगरी मनलाग्दी रुपमा रिएजेन्ट र मेसिनरी औजार खरिद गरेर थुपार्ने काम गरेको पाइएको छ।

विभागले नसर्ने रोगसम्बन्धी कार्षक्रमका लागि भन्दै ६५ लाख ८१ हजारको रिएजेन्ट र मेसिनरी औजार खरिद गरेर थुपारेको हो। तर विभागले जुन उद्देश्यका लागि रिएजेन्ट र मेसिनरी औजार खरिद गरेको हो उक्त कार्यक्रम नै गरेको छैन।

विभाग स्रोतका अनुसार कमिसनका लोभमा हतारमा कार्यक्रम नै नबनाईं खरिद गर्दा ती रिएजेन्ट र औजार अलपत्र परेको हो।

रिएजेन्ट र मेसिनरी औजार खरिद गरेर प्रयोगमा नआएको विषयमा महालेखापरीक्षकको कार्यालयले प्रश्न उठाउँदै सदुपयोग गर्न सुझाव दिएको छ।

‘विभागले नसर्ने रोगसम्बन्धी कार्यक्रमको लागि ६५ लाख ८१ हजारको रिएजेन्ट र मेसिनरी औजार खरिद गरेकोमा उक्त कार्यक्रम नै सञ्चालन नभएकोले सामग्री मौज्दात रहेको छ। आवश्यकता विश्लेषण गरी खरिद भएका सामान मौज्दात नरहने व्यवस्था मिलाउनुपर्छ,’ महालेखाको प्रतिवेदनमा भनिएको छ।


प्रतिक्रिया दिनुहोस !