१९ बैशाख २०८१, बुधबार
 |   Wed May 1 2024
Logo

अनैतिक सम्बन्ध थाहा पाएपछि एक युवकले आफ्नै बुवा र श्रीमतीको हत्या गरे



जनकपुरधाम : धनुषामा एक युवकले आफ्नै बुवा र श्रीमतीको हत्या गरेका छन् । मिथिला विहारी नगरपालिका वडा नम्बर ५ ललियाका भागेश्वर मण्डलले ५५ वर्षीय बाबु रामवृक्ष मण्डल र ३५ वर्षीया श्रीमती अमरिकादेवी मण्डलको हत्या गरेको प्रहरीले जनाएको छ । भागेश्वर मण्डललाई प्रहरीले पक्राउ गरेको छ । भागेश्वरले मारेर खाल्डोमा गाडेको स्वीकार गरेको धनुषाका एसपी प्रकाश रानाभाटले जानकारी दिए ।

हत्या गरेर बारीको झाडीमा उनले शव गाडेको प्रहरीले जनाएको छ । ‘लामो समयदेखि बुवा र श्रीमतीबीच अनैतिक समबन्ध थियो । त्यसै कारणले घरमा विवाद हुँदै आएको भन्ने छोराले बयान दिएका छन्,’ अनुसन्धानमा खटिएका एक प्रहरीले भने । स्थानीयका अनुसार भागेश्वर एक वर्ष अघि वैदेशिक रोजगारीबाट घर फर्केका हुन् । घटना बारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !