१७ बैशाख २०८१, सोमबार
 |   Mon Apr 29 2024
Logo

पछिल्लो २४ घण्टामा २६ कोरोना संक्रमितको मृत्यु



काठमाडौं । लकडाउनको मोडालिटी परिवर्तन भएसँगै नेपालमा पुनः दैनिक कोरोना संक्रमितको संख्या तीब्र रुपमा बढ्न थालेको छ । मुलुकभर पछिल्लो २४ घण्टामा २ हजार ४३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४ हजार ३७४ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा २ हजार ४३३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ९ हजार ७०२ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा २ हजार ५२ जना र ४ हजार ६७२ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ३ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यसैगरी पछिल्लो २४ घण्टामा थप २६ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ६३८ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस !