१६ बैशाख २०८१, आईतवार
 |   Sun Apr 28 2024
Logo

प्रदेश १ का १६३ जना निर्वाचित जनप्रतिनिधिले एकीकृत समाजवादी पार्टी रोजे



काठमाडौं । प्रदेश १ का १४ जिल्लाका १६३ जना निर्वाचित जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् । निर्वाचन आयोगले तोकेको समय सीमाभित्र नेकपा एमाले परित्याग गरी नेकपा एकीकृत समाजवादीका पक्षमा उनीहरुले सनाखत गरेका हुन् । राजनीतिक दल सम्बन्धी ऐन २०७३ लाई संशोधन गर्न ल्याइएको अध्यादेश २०७८ बमोजिम विभाजित दल रोज्न निर्वाचन आयोगले दिएको समय सीमाभित्र प्रदेश १ बाट दुई जिल्ला समन्वय समितिका प्रमुख र तीन उपप्रमुखसहित १६३ जना एमालेका जनप्रतिनिधिले नयाँ पार्टी रोजेका हुन् ।

नेकपा एमालेबाट निर्वाचित खोटाङ जिल्ला समन्वय समितिका प्रमुख बबी चाम्लिङ र जिल्ला समन्वय समिति संखुवासभाका प्रमुख सुमन शाक्यले एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका छन् । यस्तै, ताप्लेजुङ, धनकुटा र इलाम जिल्ला समन्वय समितिका उपप्रमुखले पनि नेकपा एमाले छोडेर नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् । इलाम जिससका उपप्रमुख चित्रकला बराइली, धनकुटा जिससका उपप्रमुख बंगला राई र जिसस ताप्लेजुङका उपप्रमुख देवीमाया नेपालीले नेकपा एकीकृत समाजवादी रोजेका हुन् ।


प्रतिक्रिया दिनुहोस !