१५ बैशाख २०८१, शनिबार
 |   Sat Apr 27 2024
Logo

ओलीलाई इंगित गर्दै नेपालले भने, सत्तामा पुगेपछि अहंकारको घोडा चढने प्रवृत्ति



नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालको कम्युनिष्ट पार्टीभित्र अहंकारवादविरुद्ध लडनुपर्नेमा जोड दिएका छन्। अध्यक्ष नेपालले केपी ओलीप्रति संकेत गर्दै नेपालको कम्युनिष्ट पार्टीहरुमा सरकारमा पुगेपछि अहंकारको घोडा चढने प्रवृत्ति मौलाएको उल्लेख गर्दै त्यसविरुद्ध लडनुपर्ने आवश्यकतामा जोड दिएका हुन्।

‘नेपाली कम्युनिष्ट आन्दोलनको कार्यदिशा’ नामक पुस्तकको आइतबार काठमाडौंमा विमोचनमा उनले नेपालको कम्युनिष्ट पार्टीभित्र आफ्ना आसेपासेहरुलाई गोलबन्द गर्दै गैर कम्युनिष्ट प्रवृत्ति मौलाउँदै आएको उल्लेख गरे। उनले त्यस्ता प्रवित्तिहरुलाई निस्तेज पारेर अघि बढनुको विकल्प नरहेको पनि स्पष्ट पारे।

उनले भने, ‘आफ्ना आसेपासेहरुलाई गोलबन्द गर्दै गैर कम्युनिष्ट प्रवृत्ति पनि हामी हेरिरहेका छौं। अनि सत्तामा पुगेपछि अहंकारको घोडा चढने प्रवृत्ति पनि देखिरहेका छौं। र कम्युनिष्ट पार्टी भित्रैबाट यस्ता खालका गैर सर्वहारा वर्गीय चिन्तन देखिने गरेको छ। यस्ता सबै खालका गैर सर्वहारा वर्गीय चिन्तनलाई परास्त गरी जनताको मन जित्ने गरी सबै क्रान्तिकारी कम्युनिष्ट पार्टीहरुले काम गर्न पर्दछ।’

अध्यक्ष नेपालले कम्युनिष्ट पार्टीहरुले ‘चुनावदेखि चुनावसम्म’ नभई ‘जनतादेखि जनतासम्म’को अभियान संचालन गर्नुपर्ने पनि बताए। उनले नेपालको कम्युनिष्ट पार्टी नै सबैभन्दा लोकतान्त्रिक पार्टी भएको दावी गर्दै ती कम्युनिष्ट पार्टीहरुले मात्रै वास्तविक रुपमा देशलाई एकतावद्ध बनाउने र मुलुकको राष्ट्रियताको रक्षा गर्ने तर्क गरे।


प्रतिक्रिया दिनुहोस !