२४ बैशाख २०८१, सोमबार
 |   Mon May 6 2024
Logo

सात लाखभन्दा धेरैले काठमाडौं छाडे



काठमाडौं । दशैंका लागि अहिलेसम्म सात लाखभन्दा धेरै यात्रुले काठमाडौं उपत्यका छाडेका छन् ।असोज सुरु भएदेखि अहिलेसम्म सात लाखभन्दा धेरै यात्रु बाहिरिएका नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ ।

घटस्थापनाको दिनसम्म फाट्टफुट्ट मात्रै गाउँघर गए पनि घटस्थापनापछि बाहिरिनेको संख्या बढेको महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिनुभयो ।अग्रिम टिकट बुकिङ खुलेको केही दिनसम्म यात्रु नपाए पनि घटस्थापनापछि यात्रुको चाप बढेको उहाँले बताउनुभयो । यही असोज ११ गतेदेखि अग्रिम टिकट बुकिङ खुलाइएको थियो ।

११ गतेदेखि अहिलेसम्म साढे ५ लाखभन्दा धेरै काठमाडौबाट बाहिरिएका महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्याङ्क छ । फूलपाती र अष्टमीका दिन यात्रुको चाप अझ बढ्नेछ ।

गएको २४ घण्टामा मात्रै झण्डै ५० हजार जना यात्रु उपत्यकाबाट बाहिरिएका महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । यो अवधिमा झण्डै ३५ हजार मानिस उपत्यका भित्रिएका छन् ।

यात्रुको चाप बढेसँगै काठमाडौं उपत्यकासँग जोडिएका नाकाहरुमा जाम बढ्न थालेको छ । विशेषगरी नागढुङ्गा र भक्तपुरको जगातीमा लामो जाम हुने गरेको छ ।


प्रतिक्रिया दिनुहोस !