१६ बैशाख २०८१, आईतवार
 |   Sun Apr 28 2024
Logo

दार्चुलामा एक दर्जन जुवाडे पक्राउ, २ लाख ३७ हजार बरामद



दार्चुला । प्रहरीले दार्चुला सदरमुकाम खलंगाको एक जुवाघरमा छापा हानेको छ । भित्रभित्रै जुवा खेल भइरहेको सुराकीको आधारमा प्रहरीले छापा हानेको हो । आइतबार दिउँसो जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक माधव विश्वकर्माको नेतृत्वको टोली जुवाघरमा छापा हान्दा एक दर्जन जुवाडे पक्राउ परेका छन् । सदरमुकाम खलंगाको तिंकर खेडामा रहेको प्रेमसिह बुढाथोकीको घरमा छापा हानेको हो ।

उनीहरुबाट प्रहरीले २ लाख ३७ हजार रकमसमेत बरामद गरेको छ । विगतदेखि नै जुवा खेलाइरहेको भन्दै प्रहरीले लामो समयदेखि निगरानी गर्दैै आएको जनाएको छ । प्रहरीले दशैतिहारको पूर्वसन्ध्यामा जुवा घरमा छापा हानेको छ । पक्राउ परेकाहरुको नाम प्रहरीले खुलाएको छैन् । स्रोतका अनुसार जुवाखालमा जिल्लाका प्रतिष्ठित व्यक्तिहरु, राजनीतिक दलका नेता कार्यकर्ता र व्यापारी रहेको बताइएको छ ।
 


प्रतिक्रिया दिनुहोस !