१५ मंसिर २०७९, बिहीबार
 |   Thu Dec 1 2022
Logo

केपी सरकारको अपरिपक्कताले नेपाल-भारतको सम्बन्धमा दरार आयो : डा. महत



काठमाडौं । हाल भारत भ्रमणमा रहेका नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले नेपाल र भारतकाबीच सदियौं पुरानो र नजिकको सम्बन्ध रहेकाले समय–समयमा दुई देशबीचको सम्बन्धमा समस्या देखापर्नु स्वभाविक भएको बताका छन् । पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका डा. महतले यसभन्दा अघिल्लो केपी ओली सरकारको अस्थिर र अपरिपक्व परराष्ट्र नीतिका कारण दुई देशका बीचमा असमझदारी बढेको धारणा राखे ।

भारत भ्रमणका क्रममा आइतबार वनारसस्थित वनारस हिन्दू विश्वविद्यालयमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘नेपाल भारतबीच धार्मिक, आर्थिक, सांस्कृतिकलगायतका धेरै क्षेत्रमा सयौं वर्षदेखिको सम्बन्ध हो, धेरै नजिक भएका नाताले पनि कहिलेकाहीं कुनै विषयमा असमझदारी देखिनु पनि स्वभाविक हो । उक्त विश्वविद्यालयको नेपाल अध्ययन केन्द्र र दिनदयाल अध्ययन केन्द्रद्वारा आयोजित अन्तक्र्रियामा उनले भने, ‘धेरै नजिक भएपछि सम्बन्धमा कुनै बेला असमझदारी पनि बढ्छ, कुनै विषयमा विवाद पनि आउन सक्छ, त्यसैले यी सबै विषयलाई दुवै तर्फबाट वार्ताको टेबलमा बसेर निकास निकाल्नुपर्छ, समस्या देखियो भने वार्ताबाटै समाधान पहिल्याउनुपर्छ ।’

वर्तमान सरकारले विश्वासमा आधाारित रहेर आफ्ना छिमेकी एवं विश्व समुदायसँग सन्तुलित र परिपक्व परराष्ट्र नीति अख्तियार गर्ने धारणा पनि उनले राखेका थिए । सोही कार्यक्रममा महात्मा गान्धी विश्वविद्यालयका चान्सलरले नेपालको त्रिभुवन विश्वविद्यालयसँग सहकार्य गर्ने बताएका थिए । भारतीय जनता पार्टीको आमन्त्रणमा चार दिनअघि भारत भ्रमणमा गएको सो प्रतिनिधिमण्डलमा कांग्रेसका नेता उदय शमशेर राणा र अजय चौरसिया छन् । सो प्रतिनिधिमण्डलले भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डा, भारतीय विदेशमन्त्री एस जयशंकर, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेटवार्ता गरेको थियो ।


प्रतिक्रिया दिनुहोस !


%d bloggers like this: