१४ मंसिर २०७८, मंगलवार
 |   Tue Nov 30 2021
Logo

जनशक्ति अभावमा भेन्टिलेटर १५ महिनादेखि थन्कियो



जिल्ला अस्पताल गाईघाटमा जडान गरिएको भेन्टिलेटर जनशक्ति अभावमा १५ महिनादेखि थन्किएर बसेको छ । पहिलो कोभिडकै बिरामीलाई लक्षित गरी प्रदेश सरकारको सहयोगमा १५ महिनाअघि जिल्ला अस्पताल गाईघाट उदयपुरमा जडान गरिएका दुईवटा भेन्टिलेटर बेड जनशक्ति अभावमा प्रयोग हुन नपाएपछि माकुराकाे जालाे लागेकाे छ ।  

दोस्राे कोभिड भेरियन्टका संक्रमितहरू भेन्टिलेटर अभावमा मृत्यु रोज्न बाध्य भइरहेको समाचार आइरहँदा जिल्ला अस्पताल गाईघाटमा भने झण्डै १५ महिनाअघि जडान भएका भेन्टिलेटर त्यत्तिकै थन्किएर बसेका छन् । 

पहिलो कोभिडकालको सुरूमा ५ वैशाख २०७७ मा स्थानीय नुरी मस्जिदमा भारतीय जमातीसहित १६ संक्रमित फेलापरेपछि उदयपुर नेपालकै ‘कोरोना इपिसेन्टर’ बन्न पुगेको थियो । त्यसको महिना दिनभित्रै ३२ संक्रमित भेटिएपछि देशभरीकै प्रमुख संक्रमणस्थलमा बन्न पुगेपछि उदयपुरमा त्यसबेला नै कोभिड अस्पताल र भेन्टिलेटर राख्ने योजना अघि सारिएकाे थियो । प्रदेशबाट प्राप्त एक करोड रुपैयाँबाट जडान गरिएका भेन्टिलेटर एनेथेसिया (लट्याउने) डा.अभावमा सञ्चालनमा ल्याउन नसकिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट (मेसु) जीवनारायण मण्डलले बताउँछन ।

अस्पतालको नयाँ भवनको पहिलो तल्लामा जडान गरिएका अत्याधुनिक भेन्टिलेटर बेडहरू अहिलेसम्म सञ्चालन गर्न जनशक्ति नपाइएको डा.मण्डल भनाइ छ । भेन्टिलेटरमा जडान गरिएको बेडहरू रिमोटबाट सञ्चालन हुने अत्याधुनिक छन् । कन्सल्टेन्ट डा.नपाइएपछि भएकै जनशक्तिलाई तालिम दिएर सञ्चालन गर्न खोजिए पनि त्यो व्यवस्था सम्भव भएनन् ।  जनशक्ति अभावमा सेवा सुचारु हुन नसकेको अस्पताल प्रशासन बताउँछन् । एक करोड लगानीमा १५ महिनाअघि जडान गरिए पनि जनशक्ति अभावमा त्यत्तिकै थन्क्याएर राख्नु परेको छ । गम्भीर खाले काेभिड संक्रमितको उपचारलाई लक्षित गरी स्थापित भेन्टिलेटरको अब काम आउने सम्भावना भए पनि जनशक्तिले भने जुटाउनै नसकिएको डा.मण्डले जानकारी दिए ।

कोभिड भेरियन्ट बढेका बेला भेन्टिलेटर तत्काल सुचारु गर्न डिसीसीएमसी र अस्पताल विकास समितिले पहल थालेको थियो ।  तर, जनशक्ति पाउने सम्भावना नभएको जिल्ला कोभिड व्यवस्थापन समितिले बतायाे । आवश्यक एनेथेस्सिया कन्सल्टेन्ट खोज्न डिसीसीएमसी बैठकमा कुरा उठेपछि बैठक स्थलबाटै प्रदेश सरकारलाइ सम्पर्क गर्दा मान्छे नपाइने जवाफ आएकाे थियाे ।

जिल्ला समन्वय समिति उदयपुरका प्रमुख तथा अस्पताल विकास समिति अध्यक्ष खड्गबहादुर परियारले पनि जनशक्ति जुटाउन नसकिएकाले भेन्टिलेटर सुचारु गर्न कठिनाइ भएको बताए । कोभिडको बिरामीलाई लक्षित गरी भेन्टिलेटर सञ्चालन गर्ने  प्रयास बारम्बार भएको थियो । सकेसम्म कन्सल्टेन्ट डा.को खोजी गर्ने नपाइए अस्पतालकै स्वास्थ्यकर्मीलाई आवश्यक तालिम दिएर काम चलाएर सेवा दिलाउन प्रदेश स्वास्थ्य निर्देशनालयसँग छलफल गरियो । तर, पनि सम्भव नभएकाे अध्यक्ष परियारले बताए । अस्पतालमा भएको दुई भेन्टिलेटर सञ्चालनमा ल्याउन सके जटिल प्रकारको बिरामीको जिल्लामै उपचार पाउन सक्ने थिए । त्यसप्रति गम्भीर भएर भेन्टिलेटर सुचारु गराउन  स्थानीयले सरोकारवाला निकायको ध्यानाकर्षण गराएका छन् । 


प्रतिक्रिया दिनुहोस !


बालिका मृत्युकाे विषयलाई लिएर स्थानीय र प्रहरीबीच झडप, नाै जना सुरक्षाकर्मी घाइते



कपिलवस्तु, १४ मंसिर

सवारी दुर्घटनामा बालिका मृत्युको विषयलाई लिएर प्रहरी र स्थानीयबीच झडप हुँदा नाै जना सुरक्षाकर्मी घाइते भएका छन् । यशोधरा गाउँपालिका ६ सुठौली कार्यालय नजिकै लु ३ त ७६ नम्बरको ट्याक्टरले ठक्कर दिँदा १२ वर्षीय बालिका सुमन यादवकाे मृत्यु भएकाे थियो ।

मृत्युको विषयलाई लिएर सवारी साधन तोडफोड गर्न खोजेका स्थानीयवासी र प्रहरीबीच झडप भएको हाे ।  स्थितिलाई नियन्त्रणमा ल्याउन प्रहरीले पाँच राउण्ड र सशस्त्र प्रहरीले ६ राउण्ड अश्रु ग्यास फायर गरेका थिए ।  झडपमा परी प्रहरी निरीक्षक विजय सिंह, प्रहरी सहायक निरीक्षक पराग यादव, प्रहरी हवलदार कैलासकोटी चौधरी, प्रहरी जवान भुवन घर्ती, बाल गोविन्द कुर्मी, अनिल थारु, राज कुमार तेली, विवेक खत्री र कमल थापा घाइते भएका छन् ।  

अश्रु ग्यास प्रहारपछि प्रहरीले भिड नियन्त्रणमा लिएको थियो । अहिले अवस्था सामान्य रहेको छ । 

प्रतिक्रिया दिनुहोस !

विद्यार्थीहरुलाई प्राथमिक उपचार तालिम सम्पन्न



रोट्रयाक्ट क्लब अफ धरान घोपाले कार्मेल स्कूल, बुद्ध चौक र दिल्ली पब्लिक स्कुल, घोपामा प्राथमिक उपचार तालिम सञ्चालन गरेको छ ।

आफ्नो दीर्घकालीन परियोजना “पुनर्जीवन – जीवनको आशा” अन्तगर्त विद्यालयका विभिन्न तहमा अध्ययनरत विद्यार्थीहरूलाई प्राथमिक उपचार र यसको तरिकाहरु बारे सचेत गरिएको थियो ।

यसको मुख्य उद्देश्य विद्यार्थीहरूलाई रक्तश्राव, इपिस्टासिस(नाकबाट रगत बग्ने), फ्र्याक्चर, स्प्लिन्ट, कुकुरको टोकाइ र सर्पको टोकाइ जस्ता विपत्तिको बेला चाल्नु पर्ने कदम र लिनु पर्ने सावधानी बारे सचेत बनाउनु रहेको थियो ।

यस कार्यक्रम विद्यालय क्षेत्रमा करिब बिहान ११ बजेबाट विद्यार्थी, शिक्षक र क्लबका केही सदस्यहरू सहित १५० सहभागीहरूको उपस्थिति सहित सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

एमाले महाधिवेशन : मतदान सकियो



नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान सम्पन्न भएको छ । मंगलबार बिहानदेखि जारी मतदान साढे १० बजे सकिएको हो । महाधिवेशनमा विद्युतीय मेसिनबाट मतदान गरिएको थियो । सोमबार राति सुरु गर्ने भनिएको मतदान प्राविधिक कारणले ढिला गरी सुरु भएको थियो ।

एमालेमा अध्यक्ष, उपाध्यक्ष, सचिव र केन्द्रीय सदस्यका केही क्लस्टरमा आज मतदान भएको हो । एमालेको नयाँ नेतृत्वमा केपी शर्मा ओली र भीम रावल प्रतिस्पर्धामा छन् । ६ वटा पद भएको उपाध्यक्षमा सुवासचन्द्र नेम्वाङ, रामबहादुर थाप, घनश्याम भुसाल, अष्टलक्ष्मी शाक्य, विष्णु पौडेल, सुरेन्द्र पाण्डे र युवराज ज्ञवाली भिड्दैछन् ।

अर्कोतिर ७ सचिव पदमा पनि ओलीले टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण बिस्ट र पद्मा अर्याललाई उम्मेदवार बनाएका छन् । ओलीको यो सूचीमा टोपबहादुर र लेखराज पूर्व माओवादी पृष्ठभूमिका हुन् । सोही पदमा ओलीको टीम बाहिरबाट नेकपा एमालेका नेता भीम आचार्य र टंक कार्कीले उम्मेदवारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस !

%d bloggers like this: