१५ बैशाख २०८१, शनिबार
 |   Sat Apr 27 2024
Logo

नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्यहरु स्वदेश फर्किए



काठमाडौं । साफ च्याम्पियनसीपमा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्यहरु स्वदेश फर्किएका छन् । माल्दिभ्समा आयोजना भएको प्रतियोगिताको फाइनलमा नेपाली टोली भारतसँग ३–० ले पराजित भएको थियो । साफ च्याम्पियनसीपमा नेपाल फाइनलसम्म पुगेको यो पहिलो अवसर थियो । खेलाडीहरुलाई स्वागत गर्न युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज, एन्फा पदाधिकारी, परिवारका सदस्यहरु लगायत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । खेलाडीहरुलाई खादा लगाएर बाजागाजासहित स्वागत गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस !