१५ बैशाख २०८१, शनिबार
 |   Sat Apr 27 2024
Logo

प्रधानमन्त्री सुदूरपश्चिमको बाढी-पहिरो प्रभावित क्षेत्र अवलोकनमा, यस्तो छ कार्यतालिका



काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा बाढी–पहिरो प्रभावितको अवस्था अवलोकन गर्न आज बिहानैदेखि सुदूरपश्चिम क्षेत्रको भ्रमणमा निस्किनुभएको छ ।विगत केही दिनको अविरल वर्षाका कारण आएको बाढी–पहिरो तथा डुबान प्रभावित क्षेत्रको अवलोकनका लागि उहाँको टोली बिहीबार ९आज० बिहान ८ बजे निस्किएको जनाइएको छ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार भ्रमण टोलीमा अर्थमन्त्री जनार्दन शर्मा, पर्यटनमन्त्री प्रेम आले, पूर्वमन्त्रीत्रय एनपी साउद, रमेश लेखक र वीरबहादुर बलायर पनि सहभागी रहेका छन् ।पाली सेनाको हेलिकप्टरमार्फत टोली काठमाडौँबाट सीधै सुर्खेत जाने र त्यहाँबाट दिपायल पुग्ने कार्यतालिका छ । प्रधानमन्त्रीको टोलीले दिपायलको सैनिक व्यारेकमा ब्रिफिङ लिने र त्यसपछि बझाङको थलारा, चैनपुर, बैतडीको ढुंगाडलगायत क्षेत्रको अवलोकनमा जानेछ ।

त्यहाँबा डडेलधुरा सदरमुकाम जाने खाना खाएर जोगबुढा क्षेत्रको अवस्था अवलोकन गर्ने कार्यतालिका रहेको छ । जोगबुढाबाट टोली कञ्चनपुर पुग्नेछ । त्यहाँ बह्मदेव, दोधारा–चाँदनी क्षेत्रको अवलोकन गरी कैलाली जाने कार्यक्रम छ । त्यहाँको अवलोकन तथा बिफ्रिङ सकेपछि भोलि शुक्रबार प्रधानमन्त्रीको टोली धनगढीबाट काठमाडौँ फर्किनेछ ।

बेमौसमी वर्षाका कारण मुलुकका विभिन्न भागमा बाढीपहिरो र डुबानले ठूलो जनधनको क्षति भएको छ । विशेषगरी यसपटक सुदूरपश्चिममा ज्यादा क्षति भएको हो ।यसैबीच, बुधबार मन्त्रिपरिषदको बैठकले बाढी-पहिरोमा परी मृत्यु भएका परिवारलाई कम्तीमा ४ लाख राहत दिने र घरबारविहीन भएकालाइ १५ हजार दिने निर्णय समेत गरेको छ ।


प्रतिक्रिया दिनुहोस !