२४ बैशाख २०८१, सोमबार
 |   Mon May 6 2024
Logo

एमाले महाधिवेशन नेपालको इतिहासमा विरलै हुने राजनीतिक घटना बनोस् : कम्बोडियाली सांसद सोस



कम्बोडियाका सांसद एवं कम्बोडियन पिपुल्स पार्टीका नेता यारा सोसले नेकपा एमालेको १०औँ महाधिवेशनको बन्द सत्र सफलताको शुभकामना दिएका छन् । उनले यो अविधेशन नेपालको इतिहासमा विरलै हुने राजनीतिक घटना बनोस् भनेर सुभकामना दिएका छन् ।

उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले सुरु गरेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ आकांक्षा पूरा होस् भन्ने कामना पनि गरेका छन् । यस्तै, नेपाल र कम्बोडियाबबीच सुमधुर सम्बन्ध रहेको र अब राजनीतिक रूपमा पनि सम्बन्ध बढाउनु पर्ने बताए । राजनीतिक स्थायित्व सम्वृद्विका लागि नेपाल र कम्बोडियाबीच संस्कृति, राजनीतिक र अर्थतन्त्रमा सहकार्य हुनु पर्ने बताए ।

सन् २०१८ मा कम्बोडियाका प्रधानमन्त्रीले नेपाल भ्रमण गरेका थिए भने सन् २०१९ मा नेकपा एमालेका अध्यक्ष ओलीले कम्बोडिया भ्रमण गरेका थिए । महाधिवेशनको बन्द सत्रलाई सम्बोधन गर्दै उनले नेपालमा शान्ति, स्थिरता, समृद्ध नेपालको कामना गरे । सोही अवसरमा उनले भने ‘ओली ‘ग्रेट म्यान’ हुन् । दुई देशबीच सम्बन्ध हार्दिक छ। सम्बन्ध बलियो बनाउन ओलीको भूमिका छ।’ सोही क्रममा उनले पार्टीका अध्यक्षको शुभकामना सन्देश पनि ओलीलाई हस्तान्तरण गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !