१३ माघ २०७८, बिहीबार
 |   Thu Jan 27 2022
Logo

छुटेकालाई वैकल्पिक माध्यमले जनगणाना गरिने



जनकपुरधाम, १३ मंसिर 

तथ्यांक कार्यालय जनकपुरले जनगणनामा छुटेकाहरूलाई वैकल्पिक माध्यमबाट गणनामा सहभागी गराउने तयारी गरेकाे छ ।  

गणनामा सहभागी हुन नसकेकाहरूले कार्यालय मै गएर वा कार्यालयले उक्त व्यक्तिको घरमै गणक पठाएर तथा मोबाइलबाट पनि जणनामा सहभागी गराउने कार्यालयले जनाएकाे छ । फेसबुकसहित अन्य सामाजिक सञ्जाल र फोनबाट उजुरी गरेकाहरूलाई सम्पर्क गरी जनगणनामा सहभागी गराएको तथ्यांक कार्यालय जनकपुरधाम धनुषाका प्रमुख जनगणना अधिकारी विमलकुमार यादवले बताए । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर  २, ४, १३, र १४ मा गणना नभएकाहरू कार्यालयमै आएर जनगाणनामा सहभागिता जनाएका छन्,’ प्रमुख यादवले भने,‘जनगाणनाको क्रममा छुटेका, घरमा कोही नभेटिएका र दुई स्थानमा बसोबास गर्नेहरू गणनामा छुटेको हुन् ।’ 

गणकको काम गर्ने म्याद समाप्त भए पनि छुटेका घरलाई जनगणनामा समावेश गर्न सुपरीवेक्षक र गणकलाई परिचालन गरेकाे प्रमुख यादवले बताए । गुनासो आएपछि तथ्यांक रुजु गर्दा गुनासो गर्नेको घरमा गणकले गणना गरेको पाइएको छ । घरमा पुरुष वा घरमुली नभएको बेला महिला वा उपस्थित भएकै व्यक्तिलाई उत्तरदाता बनाएर गणना गरिएको छ । दिनभरी घरबाहिर बस्नेहररू गणक घरमा नआएको गुनासो गर्ने गरेको पाइएको यादवले बताए । 

घरका सबै सदस्यको नाम र विवरण राखेर उत्तरदातामा उपस्थित भएका सदस्यको नाम राख्ने व्यवस्था छ । धान काट्ने र गहुँलगायत अन्य बाली लगाउने हिउँदको समयमा जनगणना हुँदा प्रदेश २ का जिल्लामा तोकिएको समयमा घरमा पुगेका गणकले घरमुली र अन्य सदस्य फेला पार्न समस्या भएको तथ्यांक कार्यालयले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस !


कुश्मा नगरपालिकामा अत्यावश्यक बाहेकका सेवा बन्द



काठमाडौं, ९ माघ

जनप्रतिनिधि तथा कर्मचारीमा कोरोना संक्रमण बढ्दै गएको भन्दै पर्वतको कुश्मा नगरपालिकाले अत्यावश्यक बाहेकका सेवा बन्द गरेको छ ।

कुश्मा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत कुमानसिंह गुरुङले माघ १० गते सोमबारदेखि माघ १६ गते आइतबारसम्मका लागि नगरपालिकाको कार्यालयदेखि वडा कार्यालयका सेवासम्म स्थगन गरिएको हो ।

कुश्मा नगरपालिका सङ्कट व्यवस्थापन केन्द्रको बैठकबाट उक्त निर्णय गरेको हो । नगरपालिकाले वडा तथा नगरपालिकाको कार्यालयबाट लिनुपर्ने अत्यावश्यक सेवा बाहेक अन्य सेवाका लागि नआउन आग्रह गरेको छ । अत्यावश्यक सेवा लिनका लागि पनि जनस्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस !

नारायणहिटी दरबार संग्रहालयमा क्याफ्टेरिया सञ्चालन ठेक्कामै मिलेमतो



काठमाडाैं । बतास समूहलाई  क्याफ्टेरिया सञ्चालनका लागि नारायणहिटी दरबार संग्रहालय क्षेत्रको जग्गा भाडामा दिइएको विषयमा छानबिन गर्न गठित समितिले ठेक्का प्रक्रियामै मिलेमतो भएको निष्कर्ष निकालेको छ।

समितिले आज (साेमवार) पर्यटनमन्त्री प्रेम आलेलाई बुझाएको प्रतिवेदनमा क्यान्टिन क्षेत्रको स्पष्ट सीमांकन नभएकाले ठेक्का प्रक्रियामै मिलेमतो भएको निष्कर्ष निकालेको निकालेकाे हाे ।

प्रतिवेदनमा बतास समूहले बढी क्षेत्र ओगटेर निर्माण गरेको उल्लेख  गरिएकाे छ। नयाँ संरचना बनाइरहँदा विकास समितिका कार्यकारी निर्देशकबाट कुनै कारबाही नगरेको भन्दै समितिले निर्दवेशक भेषनारायण दाहाललाई पनि दोषी देखाएको प्रतिवेदनमा उल्लेख छ।

टेन्डरमा आउँदा एउटै परिवारका सेयर सदस्य रहेका तीनवटा फर्म रहेकाले प्रक्रियामै मिलेमतो रहेको हुन सक्ने समितिकाे प्रतिवेदनमा जनाइएकाे छ ।

प्रतिक्रिया दिनुहोस !

प्रचण्डको पक्षपात, कान्छी बुहारी बिनालाई काखा सिर्जना त्रिपाठीलाई पाखा



काठमाडौं । माओवादी अध्यक्ष प्रचण्डले आफ्नै परिवारबाट ४ जनालाई पार्टीको केन्द्रीय सदस्य बनाए पनि आफ्नी जेठी बुहारीसिर्जना त्रिपाठीलाई भने छुटाएका छन् । पार्टी महाधिवेशनको अन्तिम दिन आज प्रचण्डले बन्दसत्रमा २३६ जना केन्द्रीय सदस्यहरुको नामावली प्रस्तुत गरेका थिए । त्यसमा कास्की जिल्लाबाट प्रतिनिधि बनेकी आफ्नै जेठी बुहारीलाई भने केन्द्रीय समितिमा राखेनन् । प्रचण्डका छोरा पकाशले सिर्जनासँग सम्बन्ध विच्छेद नगर्दै बिना मगरसँग विवाह गरेका थिए ।

माओवादी केन्द्रीय समितिमा प्रचण्डका दाइ काकाको छोरा नारायण दाहाल, छोरी रेनु दाहाल र बुहारी विना मगरसमेत चयन भएका छन् । नारायण दाहाल खस आर्यतर्फ एक नम्बरमा परेका छन् । त्यस्तै रेनु खसआर्य महिला कोटाबाट केन्द्रीय सदस्य चयन भएकी छन् भने कान्छी बुहारी बिना आदिवासी जनजाति महिलाबाट केन्द्रीय समितिमा समेटिएकी छन् । कान्छा ज्वाइ जीवन आचार्य पनि केन्द्रीय सदस्यका दाबेदार थिए । तर उनको भने नाम अध्यक्ष प्रचण्डले पढेको सूचीमा छैन ।

प्रतिक्रिया दिनुहोस !

%d bloggers like this: