१६ बैशाख २०८१, आईतवार
 |   Sun Apr 28 2024
Logo

कांग्रेसमा सुनिल थापा भन्दा शेखर कोइरालाको वरीयता पछाडि



काठमाडौं, १५ पुस

नेपाली कांग्रेसले नयाँ केन्द्रीय कार्यसमितिको वरीयता प्रकाशन गरेको छ ।

काठमाडौंमा सम्पन्न १४ महाधिवेशनमा निर्वाचित १३४ जना केन्द्रीय सदस्यसहित सभापतिमा पराजित शेखर कोइरालासहितको सूची सार्वजनिक गरेको हो ।

मंसिर २४-२८ मा कांगठमाडौंमा सम्पन्न महाधिवेशनबाट नयाँ कार्यसमिति चयन भएको थियो ।

कांग्रेसले जारी गरेको सूची अनुसार सभापतिमा पराजित शेखर कोइरालाको भन्दा सुनिल थापा अगाडि रहेका छन् ।
थापा वरीयताको १९ औं नम्बरमा हुँदा कोइराला २० औं नम्बरमा रहेका छन् ।

थापा २०७७ साउन १३ गते राप्रपाको महामन्त्री छाडेर कांग्रेस प्रवेश गरेका थिए भने कांग्रेसमा उनी सहमहामन्त्री बनेका थिए। यसअघि पदाधिकारीमा रहेकाहरुलाई वरीयतामा माथि राखिएको छ ।

कांग्रेसमा सभापतिले ३३ जना मनोनित गर्न बाँकी नै रहेकाले नयाँ सदस्यहरु थपिएपछि कतिपयको वरियता तलमाथि हुन सक्ने सम्भावना छ ।

कांग्रेसको वरीयतामा सभापति शेरबहादुर देउवापछि उपसभापति पूर्णबहादुर खड्का दोस्रो वरीयतामा छन् भने उपसभापति धनराज गुरुङ तेस्रो । महामन्त्रीमा गगन थापा विश्वप्रकाश भन्दा अगाडि छन् । थापा पार्टी वरीयतामा चौंथो नम्बरमा छन् ।

सहमहान्त्रीको पहिलो नम्बरमा फरमुल्लाह मन्सुर रहेका छन् ।

केन्द्रीय सदस्यको पहिलो नम्बरमा गोपालमान श्रेष्ठ रहँदा शशांक कोइराला उनी पछि छन् । उनीहरुको वरीयता क्रमश १४ औं र १५औं रहेको छ ।

वरीयताको १३५ औं नम्बरमा जीवन राना रहेका छन् ।


प्रतिक्रिया दिनुहोस !