१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

नारायणहिटी दरबार संग्रहालयमा क्याफ्टेरिया सञ्चालन ठेक्कामै मिलेमतो



काठमाडाैं । बतास समूहलाई  क्याफ्टेरिया सञ्चालनका लागि नारायणहिटी दरबार संग्रहालय क्षेत्रको जग्गा भाडामा दिइएको विषयमा छानबिन गर्न गठित समितिले ठेक्का प्रक्रियामै मिलेमतो भएको निष्कर्ष निकालेको छ।

समितिले आज (साेमवार) पर्यटनमन्त्री प्रेम आलेलाई बुझाएको प्रतिवेदनमा क्यान्टिन क्षेत्रको स्पष्ट सीमांकन नभएकाले ठेक्का प्रक्रियामै मिलेमतो भएको निष्कर्ष निकालेको निकालेकाे हाे ।

प्रतिवेदनमा बतास समूहले बढी क्षेत्र ओगटेर निर्माण गरेको उल्लेख  गरिएकाे छ। नयाँ संरचना बनाइरहँदा विकास समितिका कार्यकारी निर्देशकबाट कुनै कारबाही नगरेको भन्दै समितिले निर्दवेशक भेषनारायण दाहाललाई पनि दोषी देखाएको प्रतिवेदनमा उल्लेख छ।

टेन्डरमा आउँदा एउटै परिवारका सेयर सदस्य रहेका तीनवटा फर्म रहेकाले प्रक्रियामै मिलेमतो रहेको हुन सक्ने समितिकाे प्रतिवेदनमा जनाइएकाे छ ।


प्रतिक्रिया दिनुहोस !