१६ बैशाख २०८१, आईतवार
 |   Sun Apr 28 2024
Logo

माघे संक्रान्तिमा बागमती प्रदेश प्रमुख शर्माकाे शुभकामना



मकवानपुर,१ माघ

बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले माघे संक्रान्ति पर्वका अवसरमा शुभकामना व्यक्त गरेका छन् । भौगोलिक, जातीय र सांस्कृतिक विविधताले भरिपूर्ण देश नेपालमा माघे संक्रान्तिलाई उत्साहपूर्वक मनाउने समुदायका लागि प्रदेश प्रमुख शर्माले शुभकामना व्यक्त गरेका हुन् ।

शर्माले सबै समुदायले मनाउने चाडपर्वहरु राष्ट्रिय पर्व भएको उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘यस्ता पर्वहरुले हामी नेपालीलाई सहिष्णुतापूर्वक एउटै सुत्रमा बाँध्ने काम गरेको छ । यस सन्दर्भमा सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गर्ने आजको दिनलाई मकर संक्रान्ती वा माघीपर्वका रुपमा मनाइने गरिएकाले यसको आफ्नै विशेषता र सांस्कृतिक महत्व छ ।’

प्रमुख शर्माले यस पर्वले एक आपसमा सदभाव, सहिष्णुता र प्रगाढ पारस्परिक सम्बन्ध अभिवृद्दि गराउन थप मदत पुग्नेमा पनि विश्वास व्यक्त गरेका छन् ।
प्रदेश प्रमुख शर्माले शुभकामना सन्देशमा कोरोना संक्रमणबाट सुरक्षित रहनका लागि आग्रह पनि गरेका छन् । ‘हामीले मनाउने पर्वहरुको विशेषता र महत्वमा कुनै प्रकारको कमी नहुने गरी कोरोना संक्रमणको जोखिमबाट सुरक्षित रहन स्वास्थ्य मापदन्डको पालना गर्दै चाडपर्व मनाउनसमेत आग्रह गर्दछु,’ शर्माको शुभकामना सन्देशमा उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस !