१६ बैशाख २०८१, आईतवार
 |   Sun Apr 28 2024
Logo

रौतहटको गहुँखेतमा शलले घाँटी कसेको अवस्थामा किशोरीको शव भेटियो



काठमाडौं । रौतहटमा १९ वर्षीया किशोरीको शव भेटिएको छ ।जिल्लाको ईशनाथ नगरपालिका–९ का कलाम मियाकी १९ वर्षीया छोरी चाँदनी खातुनको शव लवतना र मठिया टोलको बीचमा रहेको गहुँखेतमा भेटिएको जिल्ला प्रहरी कार्यालय, रौतहटले जनाएको छ ।

शलले घाँटी कसेको अवस्थामा शव भेटिएको रौतहटका प्रहरी उपरीक्षक विनोद घिमिरेले ईमेजखबरलाई जानकारी दिनुभयो । घटनाको भएको खबर पाउनेबित्तिकै घिमिरे आफैँ घटनास्थल पुग्नुभएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !