२३ बैशाख २०८१, आईतवार
 |   Sun May 5 2024
Logo

नकारात्मक कमेन्टको बर्षा भएपछि समीक्षाले हटाईन १० लाख क्षतिपूर्ति नलिने मनसायको स्टाटस



काठमाडौं । बुधबार गायिका समिक्षा अधिकारीले आफूले अदालतले दिलाइदिएको १० लाख रुपैयाँ क्षतिपूर्ति नलिने आसयको एक स्ट्याटस राखिन । गायिका अधिकारीको उक्त स्ट्याटसमा सकरात्मक भन्दा पनि नकरात्मक कमेन्टहरू आउन थालेपछी उनी उक्त स्ट्याटस डिलिट गर्न बाध्य भएकी छिन् ।

सामाजिक सञ्जालमा मेरो विरुद्ध बनेका लज्जास्पद तस्बिर र गाली गलौजले आफ्नो मानसपटलमा नकरात्मक प्रभाव परेको उल्लेख गरेकी थिइन् । उनले लेखेकी थिइन्, ‘यहाँहरू सबैलाई अवगत भएकै कुरा हो । म बिगत लामो समयदेखि एउटा दु:खद् घटना भोगिरहेकी छु ।’ अहिले भने अधिकारीको फेसबुक टाइमलाइनबाट उक्त स्ट्याटस हटाइएको छ ।


प्रतिक्रिया दिनुहोस !