१५ बैशाख २०८१, शनिबार
 |   Sat Apr 27 2024
Logo

काठमाडौंको डल्लुमा ट्यांकरको ठक्करले एक बालिकाको मृत्यु



काठमाडौं । काठमाडौंको डल्लुमा ट्यांकरको ठक्करले एक बालिकाको मृत्यु भएको छ । सोमबार विहान साढे १० बजे डल्लुको चामुण्डा स्कुल नजिकै बा ३ ख ५३६१ नम्बरको ट्यांकरले साइकल चलाइरहेका बेला ठक्कर दिँदा ५ वर्षकी बालिका रियानी देउलाको मृत्यु भएका प्रहरी वृत्त स्वयम्भूका डीएसपी राजबाबु महर्जनले जानकारी दिए ।

भक्तपुर घर भएका बालिकाको परिवार डल्लुमा भाडामा बस्दै आएका थिए । उनीहरु बस्ने भन्दा पल्लो घरमा पानी खन्याएर फर्किँदै गरेको ट्यांकरले सडकमा साइकल चलाइरहेकी बालिकालाइृ ठक्कर दिएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !