१५ बैशाख २०८१, शनिबार
 |   Sat Apr 27 2024
Logo

एकै फिल्ममा देखिँदै रेखा, पूजा र आँचल



अभिनेत्री रेखा थापा, पूजा शर्मा र आँचल शर्मा एकसाथ फिल्ममा देखिने भएका छन्।

ज्ञानेन्द्र देउजाले निर्देशन गर्ने फिल्ममा उनीहरू एकसाथ देखिन लागेका हुन्। फिल्मको नाम अहिलेसम्म तय भएको छैन।

‘यो फिल्म चार युवतीको केन्द्रमा रहने छ। रेखा, पूजा र आँचलसँगै अर्की एक अभिनेत्रीको मुख्य भूमिका रहने छ,’ निर्देशक देउजाले भने।

रेखा फिल्म्सले निर्माण गर्न लागेको फिल्म सामाजिक विषयवस्तुमा आधारित हुनेछ। फिल्मको कथा सुलक्षण भारतीले लेखिरहेका छन्।

यो फिल्मको छायांकन वैशाखको पहिलो साताबाट सुरू हुनेछ।

यसैवर्ष ज्ञानेन्द्र देउजा निर्देशित फिल्म ‘झिंगेदाऊ’ प्रदर्शन भएको थियो। फिल्मले बक्स अफिसमा राम्रो कमाइ गरेको थियो। उक्त फिल्ममा आँचल शर्माले अभिनय गरेकी थिइन्।


प्रतिक्रिया दिनुहोस !