२४ बैशाख २०८१, सोमबार
 |   Mon May 6 2024
Logo

नक्कली भुटानी शरणार्थी प्रकरणमा रामशरण केसी र गोविन्द चौधरी पक्राउ



Man in handcuffs

काठमाडौं । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरिएको प्रकरणमा प्रहरीले थप २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामशरण केसी र गोविन्द चौधरी रहेको उपत्यका प्रहरी कार्यालयले जनाएको छ । यो प्रकरणमा पक्राउ पर्नेको संख्या १० पुगेको छ । यसअघि प्रहरीले पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, टंककुमार गुरूङ र नेकपा एमाले सचिव एवं सांसद टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई पक्राउ गरिसकेको छ। पक्राउ पुर्जी जारी भएका सांसद रायमाझी भने फरार छन् ।


प्रतिक्रिया दिनुहोस !