२४ बैशाख २०८१, सोमबार
 |   Mon May 6 2024
Logo

थाहा पाउनुस्, किस गर्दा लगभग ८ करोड ब्याक्टेरियाको आदानप्रदान हुन्छ



Silhouettes of a young couple kissing with city panorama in the background.

काठमाडौं । पार्टनरसँग चुम्बन गर्नुलाई यौन आत्मिकता कै हिस्सा मानिन्छ । तर, चुम्बन प्रेम प्रकट गर्ने एक स्पर्श पनि हो । किस गर्दा पार्टनरसँगको सम्बन्ध अझ बलियो हुने विश्वास गरिन्छ । तर किस गर्दा विभिन्न खालका समस्याको सामना गर्नुपर्ने हुन सक्ने वज्ञहरु बताउँछन् । जसमा मुखसम्बन्धी रोगहरू (ओरल डिजिज) का जोखिमहरू पर्छन् ।

तपाईं वा पार्टनरले मुख स्वास्थ्यसम्बन्धी सतर्कता पछ्याउनुहुन्छ भने चिन्ताको कुरै भएन । तर, दुईमध्ये एकले ओरल हाइजिन फलो गर्नुभएको छैन भनेचाहिँ समस्या आइलाग्न सक्छ । दन्तरोग विशेषज्ञ डा. सुवास घिमिरेका अनुसार, मुखसम्बन्धी रोग (ओरल डिजिज) सर्ने खालका हुन्छन् । त्यसलाई पैदा गर्ने ब्याक्टेरियाको सम्पर्कमा आएपछि व्यक्ति यसबाट संक्रमित हुने गर्दछ ।

जब तपाईं पार्टनरलाई किस गर्नुहुन्छ, तब यसबाट तपाईंहरू दुवैको मुखमा लगभग ८० मिलियन (आठ करोड) ब्याक्टेरियाको आदानप्रदान हुन्छ । तपाईं वा पार्टनर लामो समयदेखि दन्त चिकित्सककोमा नगएको वा ओरल हाइजिनलाई फलो नगरेको भए मुखमा रहेको खराब ब्याक्टेरिया आदानप्रदान हुन्छ । यसले मुखमा विभिन्न खालका रोग उत्पन्न गराउन सक्छ ।

मुखसम्बन्धी समस्या धेरै खालका हुन्छन् । तर, सबै खतरापूर्ण हुन्छन् भन्नेचाहिँ होइन । ब्याक्टेरिया वा भाइरसका कारण बिमार भएको अवस्थामा मुखको रोगबाट संक्रमित हुने खतरा उच्च हुन्छ । तपाईंको दाँत सेतो र सफा छ भने पनि तपाईंलाई मुखसम्बन्धी समस्या आइलाग्न सक्छ ।

सडन

क्याभिटी सामान्यतः दाँतको सडनको कारण हो । यो ‘स्ट्रेप्टोकोकस म्युटन्स’ नामक एक विशेष खालको ब्याक्टेरियाका कारणले हुन्छ । यो ब्याक्टेरियाले विशेष प्रकारको एसिड उत्पादन गर्छ, जसले दाँतको इनेमललाई बिस्तारै तोडिदिन्छ । अनि दाँत सड्न थाल्छ । समयमै यसलाई रोकिएन भने कुनै बेला यसले धेरै दाँतलाई जकड्न सक्छ । यो ब्याक्टेरिया लारको माध्यमले एक व्यक्तिबाट अर्को व्यक्तिको मुखमा सजिलै जान सक्छ ।

गिजासम्बन्धी समस्या

गिजा सुन्निने वा यसबाट रगत आउनुको कारण विभिन्न ब्याक्टेरिया नै हुन् । एकपल्ट यो ब्याक्टेरियाबाट संक्रमित भएपछि व्यक्तिले लामो समयसम्म विभिन्न खालका मुखका समस्याहरू झेल्नुपर्ने हुन सक्छ । जब ब्याक्टेरिया व्यक्तिको गिजाको सम्पर्कमा आउँछ, तब यसले एक खालको विष ९पोइजन० छोडिदिन्छ । यसले गिजाको कोमल छालामा समस्या पैदा गर्छ । यसपछि नै गिजामा रगत आउने, सुन्निने हुन्छ । अनि ब्रस गरिरहेका बेला गिजाबाट रगत आउने तथा दुर्गन्धको सामना गर्नुपर्ने हुन्छ ।

पेरिओडोन्टल डिजिज

यो बिमार यस्तै स्थिति हो, जसमा गिजाको रेखाभन्दा तल पिपजस्तो बन्न थाल्छ । पछि यो बढ्दै जान्छ र बोन टिस्युलाई प्रभावित गर्न थाल्छ । यसबाट दाँतको जरा खराब हुन्छ । यसो हुँदा दाँत झर्न थाल्छ । वयष्कमा दाँत झर्नुको मुख्य कारण पेरिओडोन्टल डिजिज हो ।


प्रतिक्रिया दिनुहोस !