२४ बैशाख २०८१, सोमबार
 |   Mon May 6 2024
Logo

टोपबहादुरको छापामार शैली, भारत भागेको भाष्य बनाई राजधानीमा गुप्तवास



काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएर पक्राउ पुर्जी जारी भएयता फरार रहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी देशको राजधानी काठमाडौंबाट पक्राउ परेका छन् । प्रहरीले आइतबार साँझ उनलाई काठमाडौको बुढानीलकण्ठ क्षेत्रबाट आइतबार साँझ पक्राउ गरेको छ । तर उनलाई पक्राउ गर्न प्रहरीलाई निकै हम्मेहम्मे पर्यो । एमाले पनि कानुनी प्रक्रियालाई सहयोग गर्न पटकपटक अनुरोध गर्यो तर टोपबहादुरले आत्मसमर्पण गर्नै मानेनन् । बुटवल क्षेत्रमा साथमा रहेका प्रहरीलाई चक्मा दिएर भारत फरार रहेको सबैको आशंकालाई गलत साबित गर्दै देशको राजधानी काठमाडौं लुकेर बसेका टोपबहादुर अन्त: पक्राउ परेका हुन् । दश वर्षे युद्धकाकालमा छापामार शैली सिकेका टोपबहादुरले नेपाल प्रहरी, सीआईबी, हजारौँ पत्रकारको आँखालाई छल्दै ११ दिनसम्म पक्राउ पर्नबाट जोगिएका थिए ।


प्रतिक्रिया दिनुहोस !