१५ बैशाख २०८१, शनिबार
 |   Sat Apr 27 2024
Logo

पानी पिउनुहोस्, स्वस्थ रहनुहोस्



हरेक दिन बिहानै उठेर मनतातो पानी कम्तीमा एक–डेढ गिलास र बढीमा तीन–चार गिलास पिउने गरेमा हाम्रो स्वास्थ्यमा धेरै फाइदा पुग्छ । अचेल चिकित्सक र जनस्वास्थ्य विद्हरूले राति सुत्नुअघि पनि मनतातो पानी एक–डेढ गिलास पिउन सल्लाह दिने गरेका छन् ।

हाम्रो शरीरमा पानीको ज्यादै महत्व रहेको छ तर पनि हामीले बिहान उठेर खाली पेटमा मनतातो अथवा चिसै पिउन सक्नेले चिसै भए पनि पानी पिउन खोज्दैनौँ, किन ?

हामीले बिहान उठ्नासाथ खाली पेटमा एक/डेढ गिलासदेखि तीन–चार गिलास (आफ्नो अवस्था अनुसार) पानी पिउनाले अनेक समस्याबाट मुक्ति पाउने बाटो खुल्छ ।  ग्यास्ट्रिक, उच्च रक्तचाप,  मधुमेह, क्यान्सर, क्षयरोग जस्ता समस्या नियन्त्रणमा यसबाट सहयोग पुग्दछ । पानी पिएपछि मात्र दाँत माझ्नु पर्दछ । साथै पानी पिएको कम्तीमा ४५–५० मिनेटसम्म केही पनि खानु हुँदैन । त्यसरी दैनिक स्वनियमभित्र बसेर पानी पिउने गरेमा शरीरलाई स्फूर्त र स्वस्थ राख्न ठूलो मद्दत पुग्दछ ।

नेपाली समाजमा एक उखान प्रचलित छ, ‘आकाशको केतु पातालको राहु, एक पटक आफैँलाई नपरी कसरी चेतुँ ।’ यसैले समस्या आइहाल्नुभन्दा पहिले नै बिहान पानी पिउने अभ्यास गरिहाल्नु बुद्धिमानी हुन्छ ।


प्रतिक्रिया दिनुहोस !