२५ बैशाख २०८१, मंगलवार
 |   Tue May 7 2024
Logo

नेपाली नागरिक युद्धमा मारिन थालेपछि रुस र युक्रेनको श्रम स्वीकृतिमा रोकियो



काठमाडौं । सरकारले रुस र युक्रेनका लागि दिँदै आएको श्रम स्वीकृतिमा रोक लगाएको छ । रुसी सेनामा भर्ती भएका नेपाली नागरिकले ज्यान गुमाइरहेको कारण देखाएर वैदेशिक रोजगार विभागले दुई देशको श्रम स्वीकृतिमा रोक लगाइएको जनाएको छ । वैदेशिक रोजगारीको सिलसिलामा संस्थागत वा व्यक्तिगतरूपमा नेपाली नागरिक रुस जाँदा हुन सक्ने थप क्षतिलाई न्यूनीकरण गर्न अर्को व्यवस्था नभएसम्मका लागि रुस र युक्रेनका लागि श्रम स्वीकृति स्थगन गरिएको विभागले जनाएको छ ।

पछिल्लो समय अवैधरूपमा नेपाली युवाहरू रुसी सेनामा भर्ती भइरहेका छन् । अहिलेसम्म रुसी सेनामा कार्यरत ९ नेपालीको ज्यान गइसकेको छ । परराष्ट्र मन्त्रालयका अनुसार स्याङ्जाका हरिप्रसाद अर्याल, कैलालीका भरबहादुर शाह, धादिङका राजकुमार गिरीले ज्यान गुमाएका छन् । यसैगरी गोरखाका सन्दीप थपलिया, कपिलवस्तु वाणगङ्गा–१ का रूपक कार्की, पोखरा कास्कीका देवान राई, पुतलीबजार–५ स्याङ्जाका पितम कार्की, मेलुङ–६ दोलखाका राजकुमार रोका, इलाम–५ इलामका गंगाराज मोक्तान र कुन्दन सिंह नागलले ज्यान गुमाएका छन् ।


प्रतिक्रिया दिनुहोस !