१६ बैशाख २०८१, आईतवार
 |   Sun Apr 28 2024
Logo

विमान चार्टर गरेर चिनियाँ टोली दुई दिन लुम्बिनीमा



लुम्बिनी विकास कोषका उपाध्यक्ष उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) नियुक्त भएपछि खास गरी लुम्बिनीको विकासको लागि विभिन्न पहल थालेका छन् । लुम्बिनी गुरु योजना पुरा गर्न र गौतम बुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय बौद्ध धर्मावलम्बीहरू भित्राउनको लागि पहल गरिरहेको लुम्बिनी विकास कोषका कार्यकारी सदस्य श्याम रोक्काले बताए। 

सोही क्रममा हिमालय एयरलाइन्सको विमान चार्टर गरेर आएको चिनियाँ टोली लुम्बिनीमा आएर दुई दिन बसेको छन् । उक्त टोलीमा १७० जना जना चिनियाँ बौद्ध धर्म गुरु तथा अनुयायीहरू रहेका थिए । उनीहरू लुम्बिनीमा रहेको चिनियाँ बिहारमा बसेका थिए ।  चिनियाँ टोलीले मायादेवी मन्दिरमा विश्व शान्तिको कामना गर्दै पूजाआजा गर्नुका साथै दीप प्रज्वलन गरेका थिए। उनीहरूले स्थानीयलाई सुजता खिर खुवाएका थिए। भगवान् बुद्धलाई सुजता खिर खान दिएर ज्ञान प्राप्त गरेको विश्वासको आधारमा खिर खुवाउने प्रचलन रहेको छ । 

लुम्बिनी विकास कोषका प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राईले चिनियाँ टोली विमान चार्टर गरेर कोभिड पछि दोस्रो पटक लुम्बिनी आएको रातोपाटीलाई बताए । उनका अनुसार कोभिडबाट लुम्बिनीमा बन्द रहेको चिनियाँ विहार गत बुद्ध जयन्तीको अवसरमा खुल्ला गर्दा पनि चिनियाँ राजदूतसहित टोली यस्तै गरी आएका थिए । उक्त टोलीलाई विमानस्थलमा स्वागत गर्न राजदूत, लुम्बिनी विकास कोषका उपाध्यक्ष लगायत पुगेका थिए । 


प्रतिक्रिया दिनुहोस !