२८ बैशाख २०८१, शुक्रबार
 |   Fri May 10 2024
Logo

चुनावप्रतिको आकर्षण घट्दो, बझाङमा आधाभन्दा कम मत मात्रै खस्यो



कैलाली । बझाङ प्रदेशसभा १ को उपनिर्वाचनमा आधाभन्दा कम मत खसेको छ । कुल ६१ हजार ७६८ मतदाता रहेकोमा ३० हजार ३२८ मत अर्थात ४९.१२ प्रतिशतमात्रै मत खसेको मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले जानकारी दिए । उनका अनुसार बझाङमा ९३ मतदान केन्द्र र ७४ मतदान स्थल तोकिएका थिए । सबैमा शान्तिपूर्ण वातावरणमा मतदान सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत लामिछानेले बताए । मतपेटिका आएपछि सर्वदलीय बैठक बस्ने र आइतबार दिउँसोबाटै मतगणना सुरु गर्ने तयारी भएको उनले बताए । बझाङमा ११ जना उम्मेदवार चुनावी मैदानमा छन् । उनीहरुमध्ये नेपाली कांग्रेस र नेकपा एमालेबीच तीव्र प्रतिस्पर्धा हुने आकलन छ ।


प्रतिक्रिया दिनुहोस !