१७ बैशाख २०८१, सोमबार
 |   Mon Apr 29 2024
Logo

भारतीय सेना फिर्ता नहुँदै माल्दिभ्स पुग्यो चिनियाँ जासुसी जहाज, भारतमा हलचल



एजेन्सी । आधुनिक प्रविधिले सुसज्जित चिनियाँ अनुसन्धान जहाज बिहीबार माल्दिभ्स पुगेको छ । चिनियाँ जहाज मालदिभ्स पुगेपछि भारत भने चिन्तित बनेको छ । समाचार एजेन्सी पीटीआईका अनुसार चिनियाँ जहाज सियाङ याङ होङ ३ माल्दिभ्स पुगेको सोही दिन भारत र श्रीलंकाका तटरक्षक जहाज पनि सैन्य अभ्यासका लागि उक्त क्षेत्रमा पुगेका छन् । भारतले यो जहाजलाई लिएर चिन्ता व्यक्त ब्यक्त गर्दै श्रीलंकालाई कोलम्बो बन्दरगाहमा जहाज रोक्न दबाब दिएको थियो।

समाचार एजेन्सी पीटीआईले माल्दिभ्सको समाचार वेबसाइट आधारधुलाई उद्धृत गर्दै लेखेको छ, माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुले जनवरीमा चीनको भ्रमण गरेको २४ घण्टापछि यो चिनियाँ जहाजले यात्रा सुरु गरेको थियो। माल्दिभ्सको एक्सक्लुसिभ इकोनोमिक जोन अर्थात् ईईजेडमा करिब एक महिना बसेपछि यो जहाज २२ फेब्रुअरीमा माले नजिक देखिएको थियो । यो रिपोर्टमा यो चिनियाँ जहाज जनवरी २२ देखि राडारमा कतै नदेखिएको दाबी गरिएको छ । यो जहाजको ट्र्याकिङ सिस्टम बन्द भएको मानिन्छ । मुइज्जुलाई चीन समर्थक मानिन्छन्। मुइज्जु गत वर्ष नोभेम्बरमा माल्दिभ्सको राष्ट्रपति बनेका थिए । मुइज्जुले चुनावमा ‘इन्डिया आउट’को नारा दिएका थिए ।

माल्दिभ्सको राष्ट्रपति बनेपछि सबै नेताहरुको पहिलो भारत हुनेको गरेको भए पनि मइज्जुले भने भारत भ्रमण नगरी पहिलो चीनको औपचारिक भ्रमण गरेका थिए । अमेरिकाको थिंक ट्याङ्कले चीनले जसलाई वैज्ञानिक अनुसन्धान जहाज भनिरहेको छ उसले वास्तवमा समुद्रबाट तथ्यांक संकलन गरिरहेको आरोप लगाएको छ । थिंक ट्याङ्कले यो जहाजले सैन्य उद्देश्यका लागि विशेष गरी पनडुब्बीसँग सम्बन्धित डाटा सङ्कलन गरिरहेको बताएको छ । चीनले यी आरोपहरूलाई अस्वीकार गर्दै आएको छ। फेब्रुअरीमा, चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले विगत केही वर्षहरूमा वरपरका समुद्रहरूमा चीनको वैज्ञानिक अनुसन्धान गतिविधिहरू शान्ति र मानवताको दृष्टिकोणबाट वैज्ञानिक समझ सुधार गर्न लागेको दाबी गरेका थिए ।

चिनियाँ जहाजले यसअघि श्रीलंकाको बन्दरगाहमा अवतरण गर्न अनुमति मागेको थियो, जसलाई श्रीलंकाले अस्वीकार गरेको थियो। यस वर्षको सुरुमा जनवरी ५ मा श्रीलंकाले चिनियाँ पानीजहाजको प्रवेशमा प्रतिबन्ध लगाएको थियो । श्रीलंकाको जलक्षेत्रमा आउने विदेशी जहाजलाई एक वर्षको लागि प्रतिबन्ध लगाएको जनाएको थियो। सन् २०२२ मा युआन वाङ ५ नामको चिनियाँ सैन्य जहाज कोलम्बो पुगेको थियो । भारतले रकेट र मिसाइल आक्रमण ट्र्याक गर्ने क्षमता भएको यो जहाज श्रीलंकामा आइपुगेकोमा चिन्ता व्यक्त गरेको थियो ।

माल्दिभ्स भारतको पश्चिमी तटबाट करिब ३०० समुद्री माइल टाढा छ । जबकि यो भारतको लक्षद्वीप समूहको मिनीकोय टापुबाट ७० समुद्री माइल मात्र टाढा छ। भौगोलिक रूपमा, माल्दिभ्सको सो स्थान भारत र विश्वव्यापी व्यापारको लागि धेरै महत्त्वपूर्ण छ। यो हिन्द महासागरको भागमा छ, जहाँ ग्लोबल शिपिंग लाइनहरू पास हुने गर्छन् । माल्दिभ्सको चीनप्रतिको झुकाव भारतका लागि चिन्ताको विषय रहेको भारतीय रक्षा क्षेत्रका जानकारहरु बताउँछन् । राष्ट्रपति बनेपछि मुइज्जुले भारतलाई आफ्ना सबै सेना फिर्ता गर्न भारतलाई चेतावनी दिएका थिए । भर्खरै भारतीय विदेश मन्त्रालयले एउटा मार्च १० सम्म र बाँकी दुई प्लेटफर्मबाट मे १० सम्ममा भारतीय सेना फिर्ता हुने बताई सकेको छ ।


प्रतिक्रिया दिनुहोस !