१९ बैशाख २०८१, बुधबार
 |   Wed May 1 2024
Logo

के प्रतिश जिसीले आफुलाई सोमपाल र करनको उत्तराधिकारीका रुपमा उभ्याउन थालेका हुन् ?



काठमाडौँ । टी–२० अन्तर्राष्ट्रिय शृङ्खला अन्तरगत नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले नेदरल्यान्ड्समाथि ६ विकेटको सहज जीत निकाल्यो । यसअघि नेपालले सुरुवाती दुई खेलमा पराजय बेहोरेको नेपाललाई जिताउन युवा बलर प्रतिश जिसीले नेदरल्याण्डको मध्यमक्रमको बाटिङको मेरुदण्ड नै भाँचिदिए । नेपालका लागि प्रतिश जिसीले घातक बलिङ गर्दै महत्वपूर्ण ३ विकेट लिए । आफ्ना तीन शिकारलाई बोल्ड गरेका उनले ४ ओभरमा एक मेडन ओभर राख्दै मात्र १३ रन खर्चिए ।

प्रतिशले नवौं ओभरको पहिलो बलमा स्कट एडवार्ड्सलाई १८ र पाँचौं बलमा म्याक्स ओडाउडलाई ३१ रनमा बोल्ड आउट गरेका थिए । दुबै सेट भएका ब्याटर आउट भएपछि नेदरल्यान्ड्स संकटमा परेको थियो । १५ औं ओभरको तेस्रो बलमा नेदरल्यान्ड्सका फिनिसर तेजा निणामानिरुलाई प्रतिशले ५ रनमा बोल्ड आउट गरेका थिए । उनी प्रेयर अफ दि म्याच बने । नेपालको फास्ट बलिङ आक्रमण सन् २०१४ देखि मुख्य गरि सोमपाल कामी र करण केसीले सम्हाल्दै आएका छन् । पछिल्लो समय प्रतिश जिसीले सोमपाल, करन केसी र अबिनास बोहोराको जस्तै फास्ट बलिङ आक्रमणमा आफ्नो स्थान पक्का गर्ने संकेत गरेका छन् ।

उनीभन्दा अगाडी नेपाली टोलीमा फास्ट बलरका रुपमा प्रवेश गरेका गुल्सन झाले भने अहिलेसम्म आफ्नो बलिङको ज्यादु देखाउन सकेका छैनन् । गुल्सन झालाई करन केसी र सोमपाल कामीको तिब्र गतिको बलिङका उत्तराधिकारिका रुपमा हेरिएको थियो । अपेक्षाकृत बलिङ गर्न नसक्दा पछिल्लो समय कप्तान रोहितले गुल्सन झालाई बलिङ गराउन पछि छाडेका छन् । नेपाली क्रिकेटमा प्रतिश जिसीले नयाँ फास्ट बलरका रुपमा आफुलाई उभ्याउन थालेका छन् । यो अघि करन केसी र सोमपाल कामीको बढ्दो उमेरले उनीहरुको बैकल्पिक बलरहरु को आउलान् भन्ने क्रिकेट प्रेमीहरुले प्रश्न गर्दै आएका थिए । जिसीले नामिबियाविरुद्धको पहिलो दुई ओभरमा निकै राम्रो बलिङ गरेका भए पनि आफ्नो तेस्रो ओभरमा भने पिटिन पुगेका थिए । कतिपय क्रिकेट प्रशंसकहरुले प्रतिश जिसीलाई नेपालका आजित अगारकर भन्न थालेका छन् ।


प्रतिक्रिया दिनुहोस !