१६ बैशाख २०८१, आईतवार
 |   Sun Apr 28 2024
Logo

नेपालका पाँच खेलाडीहरुको छलाङ, टेस्ट राष्ट्रका चर्चित खेलाडीहरु पनि पछारिए



काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को नयाँ टी २० आई वरीयतामा पाँच नेपाली खेलाडीले ब्याटिङ र अलराउन्डर दुबैतर्फ छलाङ मारेका छन् । कप्तान रोहित पौडेलले टी २० आई वरीयताको ब्याटिङतर्फ रोहित पौडेल एकै पटक ३६ स्थान सुधार गर्दै ५४ औं स्थानमा पुगेका छन् । भारतका ईशान किशन रोहितभन्दा एक स्थान पछाडी ५५ औं स्थानमा छन् । जिम्बावेका सिकन्दर राजा ६० औं र भारतका शुभमन गिल ६५ औं स्थानमा छन् । नेपालका दीपेन्द्रसिंह ऐरी ब्याटिङतर्फ ३१ स्थान सुधार गर्दै ७० औं स्थानमा उक्लिएका छन् । ७० औं स्थानमा बंगलादेशका अफिफ हुसेन र नामिवियाका जेजे स्मिथ पनि छन् । यी तीन खेलाडीको समान ४४५ अंक छ ।

अलराउन्डरतर्फ दीपेन्द्रसिंह ऐरीले एकै पटक ४८ स्थान सुधार गर्दै २७ औं स्थानमा पुगेका छन् । कुशल मल्ल अलराउन्डरको २७ स्थान सुधार गर्दै ३५ औं स्थानमा छन् । श्रीलंकाका धनन्जय डि सिल्भा पनि ३५ औं स्थानमा छन् । यी दुबैको समान ९४ अंक छ । अलराउन्डरतर्फ गुलशन झा २२ स्थान सुधार गर्दै ७२ औं स्थानमा छन् । ७२ औं स्थानमा पपुवा न्युगिनीका सेसे बाउ, आयरल्यान्डका ब्यारी म्याकार्थी र वेस्टइन्डिजका कायल मेयर्स छन् । यी सबैको समान ४९ अंक छ । अलराउन्डरतर्फ करण केसी २४ स्थान सुधार गर्दै ८१ औं स्थानमा छन् । अलराउन्डरतर्फ रोहित पौडेलले एकै पटक ८८ स्थान सुधार गर्दै ९२ औं स्थानमा छन् । बलिङको शीर्ष १०० मा भने कुनै पनि नेपाली खेलाडी अटाएका छैनन् ।

ओडीआईको ब्याटिङ वरीयतामा कुशल भुर्तेलले एक स्थान सुधार गर्दै ७७ औं स्थान, आसिफ शेख ७३ औं र रोहित पौडेल ९५ औं स्थानमा यथावत छन् । दीपेन्द्र ओडीआईको नयाँ बलिङ वरीयतामा एक स्थान सुधार गर्दै ६३ औं स्थानमा छन् । सोमपाल कामी ८० औं र ललित राजवंशी ५४ औं स्थानमा यथावत छन् । ओडीआई अलराउन्डरतर्फ दीपेन्द्रले एक स्थान सुधार गर्दै ४६ औं स्थानमा छन् । सोमपाल कामी ५५ औं र कुशल मल्ल ५१ औं स्थानमा यथावत छन् ।


प्रतिक्रिया दिनुहोस !