१६ बैशाख २०८१, आईतवार
 |   Sun Apr 28 2024
Logo

नेपाल र हङकङबीको खेल रद्ध



काठमाडौं । हङकङमा जारी त्रिकोणात्मक टी २० आई सिरिज अन्तर्गत नेपाल र हङकङबीको खेल वर्षाका कारण रद्ध भएको छ । नेपालविरुद्ध घरेलु मैदान मोङ कोकमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङकङले ८ ओभरमा २ विकेट गुमाउँदै ६५ रन बनाएको स्थितिमा दोस्रो पटक पानी परेपछि खेल रोकिएको थियो । यसअघि ५ ओभरको खेल पूरा भएपछि पानी परेको थियो । पानी रोकिएपछि थप ३ ओभरको खेल पूरा हुँदा नहुँदै पानी परेपछि खेल रोकिएको थियो । त्यसपछि पानी नै रोकिएन र अम्पायरले खेल रद्ध गरेको घोषणा गरे । नेपालका लागि करण केसीले पहिलो बलमै विकेट लिएका थिए । हङकङका मार्टिन कोट्जे गुल्शन झाको हातबाट क्याच आउट भए । गुल्शन झाले निजाकान्त खानलाई व्यक्तिगत २५ रनमा बोल्ड गरेका थियो । नेपालले अब मंगलबार पपुवा न्युगिनसँग खेल्ने छ ।


प्रतिक्रिया दिनुहोस !