१६ बैशाख २०८१, आईतवार
 |   Sun Apr 28 2024
Logo

नेपालको पीएनजीविरुद्द ८५ रनको विशाल जित



काठमाडौं । हङकङ भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा पपुवा न्यु गिनी (पीएनजी) लाई हराउँदै फाइनलमा पुगेको छ। मगंलबार (आज) बिहान भएको खेलमा नेपालले पीएनजीविरुद्ध ८५ रनको फराकिलो जित हासिल गर्दै नेपाल फाइनलमा पुगेको हो। नेपालको कसिलो बलिङका अगाडि पीएनजी ११३ रनमा अलआउट भयो ।

नेपालको जीतमा कुशल भुर्तेलले चार विकेट लिए । त्यस्तै प्रतिश जिसीले २ र आकाश चन्दले एक विकेट लिए । यो अघि नेपालका लागि सन्दीप जोराले २६ बलमा ५४ र कुशलले ३९ बलमा ५८ रनको महत्त्वपूर्ण पारी खेलेका थिए ।


प्रतिक्रिया दिनुहोस !