१६ बैशाख २०८१, आईतवार
 |   Sun Apr 28 2024
Logo

जब नर्सको हत्या गरिएको फोटो उनका प्रेमीले साथीको मोबाइलमा पठाए…



विराटनगर । विराटनगर महानगरपालिका ४ मा मृत भेटिएकी २३ वर्षीय किशोरीको हत्या प्रकरणमा उनकै प्रेमी रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । यद्धपि प्रहरीले औपचारिक पुष्टि भने गरेको छैन । घटना सार्वजनिक भएपछि प्रहरीले किशोरीका प्रेमीलाई खोजी रहेको छ तर अमिन धानुक नाम गरेका उनका प्रेमी भने फरार रहेका छन् ।

डेरामा बस्दै आएकी २३ वर्षीया चन्द्रिकाकुमारी दासको हत्या भएको अवस्थामा शुक्रबार करिब १२ बजेतिर शौचालयमा शव फेला परेको थियो । हत्याको जानकारी पाएपछि लगतै प्रहरी घटनास्थल पुगेको थियो । प्रारम्भिक अनुसन्धानबाट युवतिको हत्या उनै प्रेमी भनिएका सिराहाकै अमिन नामका व्यक्तिले गरेको खुलेको प्रहरी स्रोतको दाबी छ । सिराहाको फुल्काहकट्टी घर भएकी दास नोबेल मेडिकल कलेजमा कार्यरत थिइन्। दासको घाँटी, अनुहारलगायत शरीरका विभिन्न भागमा धारिलो हतियारले हानेको गहिरो चोट लागेको छ ।

प्रहरीका अनुसार बिहीबार दिनभर दास बस्ने कोठामा बाहिरबाट चाबी लागेको थियो । तर, शुक्रबार बिहान सोही घरमा बस्ने मृतक दासको (शंकास्पद व्यक्तिको पनि) साथीको ह्वाटसपमा घटनास्थलको फोटो पुग्यो । अमिनको नम्बरबाट साथीलाई आएको म्यासेजमा हत्या गरेको छु भनी लेखिएको छ । म्यासेज आएपछि साथीले घरबेटीलाई जानकारी गराइन् । शुक्रबार दिउँसो करिब १२ बजे घरबेटीले चाबी खोलेर हेर्दा युवतीको शव विभत्स अवस्थामा देखेपछि उनले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरी स्रोतका अनुसार हत्या गरेका व्यक्तिले दासको साथीलाई घटनास्थलको फोटो पनि पठाएका थिए । ह्वाटसपबाट अमिनले नै पठाएको हो कि अरु कसैले उनको नम्बर प्रयोग गरेर पठाए भन्ने अनुसन्धानका क्रममा रहेको छ । तर, प्रारम्भिक अनुसन्धानका क्रममा प्रेमी नै हुन भन्ने निष्कर्षमा प्रहरी पुगेको छ । प्रहरी स्रोतका अनुसार अमिन पनि स्वास्थ्यकर्मी हुन् । उनी सिराहामा नै काम गर्छन् । ‘अहिलेसम्म कोही पक्राउ परेका छैनन् ।


प्रतिक्रिया दिनुहोस !