१५ बैशाख २०८१, शनिबार
 |   Sat Apr 27 2024
Logo

प्रेम अस्वीकार गरेको भन्दै बाटो ढुकेर प्रेमीले नै गरेका थिए सुष्माको हत्या



काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नम्बर ३ की १८ वर्षीया सुष्मा लामाको शव गाडिएको अवस्थामा गत फागुन २४ गते साँझ फेला पर्‍यो। शिवपुरी राष्ट्रिय निकुञ्जको जंगलभित्र (तारेभिर नजिकै) स्थानीयले गाडिएको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। हत्या गरेर सुष्माको शव जंगलमा गाडिएको थियो।

सुष्माको हत्या आरोपमा गोकर्णेश्वर ३ का २१ वर्षीय रूपेन्द्र लामालाई पक्राउ गरेर काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार सार्वजनिक गरेको छ। 

जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्ध र डिएसपी अनिल घिमिरे नेतृत्वको टोलीले यो घटनामा अनुसन्धान गरेको थियो। पक्राउ परेका रूपेन्द्रले आफू बच्नका लागि प्रहरीलाई नै रनभुल्लमा पार्न अनेक हर्कत गरेको अनुसन्धानमा संलग्न डिएसपी घिमिरे बताउँछन्।

गत माघ २२ गते घरबाट कलेज हिँडेकी सुष्मा त्यसदिन फर्किइनन्। उनी बुढानिलकण्ठस्थित एक विद्यालयमा कक्षा १२ मा पढ्थिन्। तारेभीर बस्ने उनी हिँडेरै कलेज आउजाउ गर्थिन्। कहिले एक्लै जान्थिन्, कहिले साथीहरू भेटिन्थे। कलेजबाट फर्किएर उनी गाईबस्तु चराउन र घाँस काट्न जाने गर्थिन्। सुष्मा बस्ने घर नजिकै रूपेन्द्रको घर छ। गाईबस्तु चराउन र घाँस काट्न छिमेकी रूपेन्द्र पनि प्राय: सँगै जाने गर्दथे। 

रूपेन्द्रले केही समयअघि कक्षा १२ उत्तीर्ण गरे। उनले कम्प्युटर तालिम लिँदै आएका थिए। पछिल्लो समय उनी घरमै बस्थे। छिमेकी र घुलमिल भए पनि सुष्मा र रूपेन्द्र फेसबुकमा साथी भने थिएनन्। उनीहरूको भेट- गाईबस्तु चराउँदा र घाँस काट्न जाँदा हुन्थ्यो।


प्रतिक्रिया दिनुहोस !