१५ बैशाख २०८१, शनिबार
 |   Sat Apr 27 2024
Logo

आज सुन चाँदीको मूल्य घट्यो



स्थानीय बजारमा पहेलो धातुको मूल्यमा सामान्य हेरफेर भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुनको मूल्य प्रतितोला रु. पाँच सयले घटेको छ ।

आइतबार प्रतितोला रु. एक लाख २५ हजार मूल्यमा कारोबार भएको छापावाला सुनको मूल्य आज प्रतितोला रु. एक लाख २४ हजार पाँच सय कायम भएको छ । 

यस्तै, तेजाबी सुनको मूल्य आइतबार रु. एक लाख २४ हजार चार सय कायम भएकोमा आज भने तोलामा रु. पाँच सयले घटेर रु. एक लाख २३ हजार नौ सय कायम भएको छ । 

यस्तै, चाँदीको मूल्य पनि सामान्य घटेको छ । आइतबार प्रतितोला रु. एक हजार तीन सय १२ मा कारोबार भएको चाँदी आज भने प्रतितोला रु. एक हजार तीन सय तीन निर्धारण भएको छ ।


प्रतिक्रिया दिनुहोस !