१५ बैशाख २०८१, शनिबार
 |   Sat Apr 27 2024
Logo

आयरल्यान्ड विरुद्धको शृंखला खेल्न विनोद भण्डारीको कप्तानीमा नेपाली टोली घोषणा



काठमाडौं । आयरल्यान्ड वुल्भ्स ‘ए’विरुद्धको शृंखलाका निम्ति विनोद भण्डारीको कप्तानीमा नेपाल ‘ए’ टिमको घोषणा गरिएको छ । नेपालले घरेलु मैदानमा आयरल्यान्ड वुल्भ्ससँग पाँच ट्वान्टी-२० र तीन खेलको एकदिवसीय शृंखला खेल्ने तालिका छ । नेपाल भ्रमणमा रहेको आयरल्यान्ड वुल्भ्सले पहिले ट्वान्टी-२० शृंखला खेल्नेछ ।

पाँच ट्वान्टी-२० शृंखलामध्ये सुरुका दुई खेल भने रोहितकुमार पौडेलको कप्तानीमा रहेको नेपाली सिनियर टिमले खेल्नेछ । त्यसपछिका तीन र तीन खेलको एकदिवसीय शृंखला नेपालले विनोद भण्डारीको कप्तानीमा खेल्नेछ । आयरल्यान्ड वुल्भ्ससँग नेपालले चैत १२ गते पहिलो ट्वान्टी-२० खेल खेल्नेछ । चैत १३ गते दोेस्रो, १५ गते तेस्रो, १६ गते चौथो र चैत १८ गते पाँचौँ म्याच खेलिनेछ । यस्तै, तीन एकदिवसीय खेल चैत २१, २३ र २५ गते खेलिनेछ । प्रतियोगिताका सबै खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ ।


प्रतिक्रिया दिनुहोस !