१७ बैशाख २०८१, सोमबार
 |   Mon Apr 29 2024
Logo

इलाम-२ मा सुवास नेम्वाङका छोरा सुहाङलाई उमेदवार बनाउने एमालेको निर्णय



काठमाडौं । नेकपा (एमाले) ले इलाम क्षेत्र नम्बर–२ को उपनिर्वाचनमा सुहाङ नेम्वाङलाई उमेदवार बनाउने निर्णय गरेको छ । आइतबार बसेको सचिवालय बैठकबाट नेम्वाङलाई उमेदवार बनाउने निर्णय गरिएको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

सुहाङ दिवंगत नेता, संविधानसभाका अध्यक्ष एवं एमालेका तत्कालीन उपाध्यक्ष सुवास नेम्वाङका कान्छा छोरा हुन् । यस्तै, बझाङ क्षेत्र नम्बर–१ ‘क’मा दमनबहादुर भण्डारीलाई उमेदवार बनाउने निर्णय गरिएको ज्ञवालीले जानकारी दिए । भण्डारी एमाले बझाङ जिल्ला अध्यक्ष हुन् । आउँदो वैशाख १५ गते ती क्षेत्रमा उपनिर्वाचन हुँदै छ । त्यसका निम्ति यही चैत २४ गते उमेदवारी दर्ता गर्ने कार्यतालिका छ ।


प्रतिक्रिया दिनुहोस !