१६ बैशाख २०८१, आईतवार
 |   Sun Apr 28 2024
Logo

लिखु तामाकोशीका पूर्वअध्यक्ष भ्रष्टाचार मुद्दामा दोषी, छ महिना जेल सजाय



काठमाडौं । रामेछापको लिखु तामाकोशी गाउँपालिकाका पूर्वअध्यक्ष गोविन्दबहादुर खड्का भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्। विशेष अदालतका न्यायाधीशद्धय टेकनारायण कुँवर र तेजनारायण सिंह राईको इजलासले सोमबार गाउँपालिका तत्कालीन अध्यक्ष खड्कालाई ६ महिना कैद सजाय सुनाएको हो।

खड्कालाई विशेष अदालतले १ करोड ९९ लाख ३२ हजार ५ सय ९ रुपैयाँ ८८ पैसा जरिवाना पनि तिराउने फैसला गरे‍को छ। अदालतले राजुप्रसाद न्यौपाने र टंकप्रसाद चौलागाईंलाई ३ महिना कैद र ६३ लाख १० हजार ८ सय ३६ रुपैयाँ ६२ पैसा जरिवाना सुनाएको छ। त्यसैगरि दुर्गाबहादुर डिम्दोङ तामाङ र नोर्बु लामालाई ३ महिना कैद र ३१ लाख ५५ हजार ४ सय १८ रुपैयाँ ३१ पैसा जरिवाना भएको छ।


प्रतिक्रिया दिनुहोस !