१५ बैशाख २०८१, शनिबार
 |   Sat Apr 27 2024
Logo

आयरल्यान्ड ‘ए’लाई १९९ रनको लक्ष्य



काठमाडौं । घरेलु टोली नेपालले दोस्रो टी-२० अभ्यास खेलमा आयरल्यान्ड ‘ए’लाई १९९ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १९८ रन बनायो ।

नेपालका ब्याटर गुलशन झाले ३२ बलमा १ चौका र ४ छक्कासहित सर्वाधिक ४६ रन, कुशल मल्लले १३ बलमा १ चौका र ४ छक्कासहित ३४ रन, ओपनर आसिफ शेखले ११, अर्का ओपनर कुशल भुर्तेलले १६ बलमा समान २ चौका र छक्कासहित २५ तथा तेस्रो नम्बरका ब्याटर अनिल शाह १२ रनमा क्याच आउट भए ।

सन्दीप जोराले १० बलमा ३ चौका र १ छक्कासहित २१ रन बनाए । कप्तान रोहित पौडेलले २४ बलमा ५ चौकासहित ३३ रनमा आउट हुँदा विवेक यादव ७ नट आउट रहे ।


प्रतिक्रिया दिनुहोस !